Dipendra Chettri join IGJF Darjeeling
Dipendra Chettri join IGJF Darjeeling

दीपेन्द्र छेत्री र सचिव जहेन्द्र सुब्बाले समाए आइजीजेएफको झण्डा

Share this news

भागोप्रमो युवा एकाई अध्यक्ष दीपेन्द्र छेत्री र सचिव जहेन्द्र सुब्बाले समाए आइजीजेएफको झण्डा। यसक्रममा जाति र पहाडप्रति भागोप्रमो इमान्दार नभएको जहेन्द्र सुब्बाले बताएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा एकाई अध्यक्ष दीपेन्द्र छेत्री, सचिव जहेन्द्र सुब्बा लगायत उनीहरूको टोलीले इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको तकदाह टिष्टा भ्याली समष्टि अध्यक्ष बेनहर राईको अध्यक्षतामा आज एक समर्थन सभा सम्पन्न भयो। आयोजित सभामा तकदाह टिष्टा भ्याली समष्टिको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा एकाई अध्यक्ष दीपेन्द्र छेत्री,सचिव जहेन्द्र सुब्बा लगायत उनीहरूको टीम इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्।समष्टि अध्यक्ष बेनोर राईले यी समर्थकहरूलाई खदा लगाउदै पार्टीमा न्यानो स्वागत जनाए।

तकदाह टिष्टा भ्याली समष्टि अन्तर्गत रंगली लोवर बस्तीको भागोप्रमो युवा एकाई अध्यक्ष दीपेन्द्र छेत्री र सचिव जहेन्द्र सुब्बा अनि उनीहरूको टीमले आईजीजेएफको भिजन र पार्टी केन्द्रीय संयोजक अजय एडवर्ड्सको इमान्दारितालाई कदर गर्दै पार्टीमा सामेल भएका छन।आईजीजेएफको झण्डा समाएपछि जहेन्द्र सुब्बाले हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा थियौं अनि पार्टीले मलाई शाखा सचिवको कार्यभार सुम्पिएको थियो।भागोप्रमोको धेरैवटा कुराहरू हामीलाई मन परेनन्,उनीहरूको सोच गोर्खा जाति र पहाडको पक्षमा नरहेको पाए।यी विषयहरूले मलाई जहिले पनि घोच्ने गर्थ्यो।आईजीजेएफको भिजन स्पष्ट छ पार्टी केन्द्रीय संयोजक अजय एडवर्डस इमान्दार छन्।यी सबै बुझेर हामी आईजीजेएफमा सामेल भएका हौ।आज हामीसंग कतिपय साथी भाइहरू छन,आगमी केही दिनभित्रमा अन्य साथीहरूले पनि आईजीजेएफको झण्डा समाउने छ।

यसअघि चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत लिङगे चिया बगानको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 34 परिवार हरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन जनाए।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यलय पी कोठीमा पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसले समर्थकहरूलाई खदा लगाउदै पार्टीमा न्यानो स्वागत जनाए।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन जनाएका डान गुरूङले आफुहरू चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत लिङगे चिया बगानका निवासीहरू रहेको बताउँदै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसको भिजन र इमान्दारितालाई सम्मान गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएको बताइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ