सभासदले बीएलओ अनि बीएलएहरूलाई जनाए सम्मान

Share this news

खरसाङ शहर चिम्नी देवराली समष्टिका सभासद श्याम शेर्पाको पहलमा खरसाङ नगरपालिकाको बीसवटै वार्डका पीएलओ अनि बीएलएहरूलाई सम्वर्धना जनाइयो। प्रशान्त शर्माद्वारा सञ्चालन गरिएको यो कार्यक्रममा खरसाङ नगरपालिका प्रशासनिक बोर्डका उपाध्यक्ष सुवास प्रधान, सामाजिक कार्यकर्ता मोहन गुरूङ, लक्ष्मण गुरुङ, किशोर लिम्बु, सुष्मा थापा, दिनेश लामा, विवेक गुरुङ, प्रेम बम्जन, विमल मुखिया, अनिल राई, गोपाल प्रधान, कैलास सेवा, विरेश लामा अनि अन्यान्य उपस्थित थिए। सभासद श्याम शेर्पाले सबै बीएलओ अनि बीएलएहरूलाई उनीहरूले एसआईआर प्रक्रियामा सक्रिय अनि मेहनतको साथमा निभाएका उत्तरदायित्वको निम्ति धन्यवाद दिए अनि तिनीहरूको कार्यको प्रशंसा गरे।

शेर्पाले भने, सबै बीएलओ अनि बीएलएहरूले एसआईआरको समयमा खटेर काम गरे। आफ्नो परिवार र समयको पर्वाह नगरी जनसाधरणलाई सेवा दिन सबै बीएलओ अनि बीएलएहरूले आफ्नो उत्तरदायित्व निष्ठाका साथमा निभाए। तिनीहरूको यसको निम्ति धन्यवादका पात्रा हुन्‌‍। बीएलओ अनि बीएलएहरूले पनि एसआईआरको प्रक्रियाको अवधिमा भएको विभिन्न असुविधा र समस्याहरूको बारे कार्यक्रममा बताए अनि जस्तै समस्या र असुविधा रहे तापनि भविषयमा पनि यसरी नै काम गर्ने बताए। कार्यक्रममा नगरपालिका प्रशासनिक बोर्डका उपाध्यक्ष सुवास प्रधानले पनि सम्बोधन गरेका थिए। उपस्थित अथितिहरूको बहुलीबाट बीएलओ अनि बीएलएहरूलाई खर्दा अर्पण गरेर अनि उपहार प्रदान गरेर सम्वर्धना जनाइयो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ