खरसाङमा रहेको बाँदरको समस्या पनि चुनावी मुद्दा हुन सक्छ

Share this news

खरसाङ,  (निसं): यो विधानसभा चुनाउमा खरसाङवासीले झल्दै गरेको बाँदरको समस्या पनि मुद्दा हुन पर्ने शहरका कतिपय मानिसहरूको भनाइ रहेको छ। वर्तमानमा खरसाङ शहरी क्षेत्रका प्रत्येक मानिस बाँदरको समस्याबाट दिक्क बनेका छन्‌‍। नगरवासी बाँदरको समस्या स्थायी रुपमा समाधान होस भन्ने चाहान्छन्‌‍। सम्बन्धित निकाय बाँदरको समस्याप्रति मौन बसेकोमा नगरवासी आक्रोश पनि व्यक्त गर्ने गर्छन्‌‍।

गड्डी लाईन निवासी सालिन पोद्दारले यो विधानसभा चुनाउमा खरसाङ्मा रहेको बाँदरको समस्या पनि एउटा मुद्दा हुन पर्ने बताए। तिनले भने, वर्तमानमा प्रत्येक मानिस नै बाँदरको समस्यादेखि दिक्क बनेका छन्‌‍। अब बाँदरको समस्यालाई हामीले विधानसभा चुनाउमा मुद्दा बनाउनलाई काम गर्न पर्छ। वर्द्धवान रोडमा एउटा पसल गरेर बस्ने एक व्यक्तिले खरसाङ शहरमा रहेको बाँदरको समस्यालाई जसले समाधान गर्छ त्यसैलाई कुनै पनि चुनाउमा भोट गर्ने बताउदै भने, बाँदरले हत्तु-हैरान बनाइसकेको छ, कहिले दोकानको सामान लगिदिन्छ, कहिले घरभित्र पसेर सामानहरू नष्ट गरिदिन्छ। अहिले प्रत्येक व्यपारीले आफ्नो दोकानमा एउटा लठ्ठी अथवा क्याटिक राख्न पर्ने बाध्यता हुन्छ बाँदर धपाउनको निम्ति, कुनै कुनै दिन दिनभर बाँदर धपाउन पर्ने स्थिति हुन्छ।

स्मरण गराइन्छ, खरसाङ शहरी क्षेत्रमा अहिले धेरै हुल बाँदर बस्ने गरेको छ। यी बाँदरहरू नगरवासीले फालेको खानेकुरोहरू, खाएर दोकान र नगरवासीको घरको विभिन्न सामग्री चोरेर खाएर पेट भर्ने गर्छन्‌‍। दोकानमा बाँदरले सामान थुतेर लैजाँदै गरेको, दोकानेहरूले बाँदर धपाउदै गरेको, क्याटिसले बाँदरलाई हान्दै गरेको वा ताक्दै गरेको दृश्य खरसाङ बजारमा साधरण बनेको छ। कुनै कुनै समय शहरका बाँदरले मानिसहरूमाथि आक्रमण गरेको घटनाहरू पनि प्रकाशमा आइरहेका छन्‌‍। केही दिन अघि वर्द्धवान रोडमा बाँदरको आक्रमणको कारण कतिपय मानिसहरूलाई चोट लागेको घटना प्रकाशमा आएको थियो। बाँदरको आक्रमणदेखि आतंकित बनेर बाँदरबाट बाँच्न अनि बाँच्ने उपाट खोज्न समिति गठन गर्ने नर्णयसम्म लिएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ