Raju Bista statement Darjeeling
Raju Bista statement Darjeeling

भाजपा सरकार बनिएपछि पहाडको स्थायी राजनीतिक समाधान: बिष्ट

Share this news

२०२६ मा पश्चिम बंगालमा भारतीय जनता पार्टीको सरकार बनेपछि ६ महिनाभित्र पहाड, तराई, डुवर्सको स्थायी राजनीतिक समाधान हुनेछ। यो कुरा लेखेर राख्न दार्जीलिङका सांसद राजु बिष्टले बुधबार खरसाङमा भारतीय जनता पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै बताएका हुन्। सांसद राजु बिष्टले इन्टर्लोक्युटर विषयमा बोल्दै भने, इन्टर्लोक्युटरलाई लिएर सबैले खिल्ली उडाए तर भारत सरकारले इन्टर्लोक्युटरलाई आधिकारिक रूपमा नियुक्त गरेको प्रमाणित भएको छ। यसले यो प्रमाणित गरेको छ कि भारतीय जनता पार्टीको सरकार पहाड, तराई, डुवर्सप्रति इमानदार छ भन्ने। उनले अघि भने, मैले त्यहीको लागि राजनीति गरेको हो। मैले पैसा कमाउन राजनीति गरेको होइन। मेरो राजनीतिक मिशन अमित थापाको जस्तो कमिशनको राजनीति होइन। यसपल्ट खरसाङको भूमिपुत्र सोनाम लामाले टिकट पाएका छन् र उनी भाजपाको मात्र होइन तर सबै गठबन्धन दलहरूको उम्मेदवार साथै सम्पूर्ण गोर्खाहरूका भावी विधायक हुन्।

उनले आफ्नो सम्बोधनमा अघि भने, पहाडका जनतालाई धन्यवाद दिन चाहन्छु, कारण यति लामो समयसम्म भाजपालाई विश्वास गरेर जिताएका छन्। यसको लागि जनताप्रति ऋणी छु। मलाई विश्वास छ, यसपल्ट पहाडका तीनवटा आसनमा भाजपा उम्मेदवारहरूले सजिलै जित्नेछन्। यसपल्ट गोर्खाहरूले इतिहास लेख्दै पहाडका तीनवटा र तराई–डुवर्सका गरेर जम्मा ५ जना गोर्खा विधायकहरू पश्चिम बंगालको विधानसभामा जानेछन्। गोर्खाहरूले पहिलोपटक यस्तो इतिहास लेख्नेछन्।

सांसद राजु बिष्टले अझ भने, यो समय पश्चिम बंगालमा परिवर्तनको लहर छ। बंगाल र पहाडका जनताले पनि संकल्प गरेका छन् कि २०२६ मा तृणमूल र बीजिपीएफबाट मुक्ति पाउनेछन्। २०२६ मा भ्रष्टाचारबाट पनि मुक्ति पाउनेछन् र गुण्डागर्दीबाट पनि मुक्ति पाउनेछन्। बंगाल र पहाडमा ममता दिदीको होइन तर भारत सरकारको कानून लागू हुनेछ। सांसद बिष्टले अझ भने, पहाडलाई समृद्ध बनाउने हाम्रो संकल्प हो। पहाडको गरिमा पुनः स्थापना गर्नेछौं भन्ने हाम्रो संकल्प छ, जुन २०२६ मा पूरा हुने भएको छ। हाम्रो सरकार बनिँदा हाम्रो केन्द्रबिन्दुमा युवाहरू हुनेछन्। किनभने युवाहरू सबै रोजगारीको खोजीमा पलायन भएका छन्। सांसद बिष्टले चियाबारी विषयमा बोल्दै भने, चियाबारी बिजोकमा छ। भारत सरकारले न्यूनतम रोजगारीको नीति बनायो तर पश्चिम बंगालमा लागू भएन।

सरकार बनेको तीन महिनामा नयाँ श्रम कानुन लागू गर्नेछौं र कम्तीमा ३ सय रुपैयाँ हाजिरा हुनेछ। सांसद राजु बिष्टले खरसाङको लागि अमृत २.० जल परियोजनाको लागि २१० करोड रुपैयाँ आएको बताउँदै जीटीएमा यसबारे केही काम नभएको बताए। यहाँको विकास केवल केन्द्र सरकारबाट आएको रकमले भएको उनले दाबी गरे। उनले भाजपा प्रत्याशी सोनाम लामाले गोर्खा जातिको मुद्दाको लागि कहिले पनि सम्झौता नगरेको र ड्राइभर काम गरेर भए पनि अघि भएर बसेर पैसामा सम्झौता नगरेको बताए। सोनाम लामा एक्लै छैनन्, उनको पछाडि आफू अभिभावक भएको बिष्टले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ