Tamang-Bimal Gurung debate Darjeeling
Tamang-Bimal Gurung debate Darjeeling

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङप्रति पूरण तामाङको कटाक्ष

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टको दार्जीलिङ महकुमा समिति संयोजक पूरण तामाङले बिमल गुरूङलाई पूरणले ओठे जवाफ दिएका छन्। तामाङले जाति उन्मुक्तिको लडाईमा रणभुमि छोडनु गोर्खा जातिको हार भएको आरोप लगाएका छन् भने शहीदको रगतमा भागोप्रमोको नेतृत्वहरूले राज गरिरहेको आरोप लगाएका छन् । जाति उन्मुक्तिको लडाईमा रणभुमि छोडेर भाग्नु नै गोर्खा जातिको हार हो भन्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको दार्जीलिङ महकुमा समिति संयोजक पूरण तामाङले गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङमाथि कटाक्ष गरेका छन्।गत दिन गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डस संग बसेको बैठकहरू सार्वजनिक गर्दै अजय एडवर्डसले हामीलाई धोका दिए भन्दै आरोप र लाञ्छनाहरु लगाएको खबरहरू छाएपछि इण्डियन गोर्खा जनशक्ति फ्रण्टको दार्जीलिङ महकुमा समिति संयोजक पूरण तामाङले मलाई यसरी बोली हिंड्न मन लाग्दैन तर गोर्खा जनमुक्ति मोर्चाको अध्यक्ष बिमल गुरूङको बयानले म बोल्न बाध्य भएको तिनले बताएका छन्।

अजय एडवर्डस र विमल गुरूङ माझ बैठक भएकै हो, बैठकमा म पूरण तामाङ स्वयम उपस्थित थिए,त्यसरी नै प्रतीम सुब्बा,आईजीजेएफ टाउन समिति अध्यक्ष पासाङ लामा उपस्थित थिए।बैठक दुई घण्टा जति भएको थियो।बैठकमा पहाडको तीनवटा आसनहरूमा भाजपा,गोजमुमो र आईजीजेएफले एक एकवटा उम्मेद्वार दिने बिमल गुरूङले प्रस्ताव राखेको थियो।आईजीजेएफको अडान स्पष्ट थियो हामी भाजपासंग किन गठबन्धन गर्नु?आईजीजेएफले कुनै पनि राजनैतिक दलसंग गठबन्धन गरेको खण्डमा दार्जीलिङ र खरसाङ विधानसभा समष्टिबाट उम्मेद्वार खडा गर्नेछ स्पष्ट गर्दै मोर्चा प्रमुख बिमल गुरूङलाई कालेबुङबाट चुनाव लडने सुझाव दिएको तामाङले बताए।

तिनले अघि भने म कसैमाथि आरोप र लाञ्छना लगाउने व्यक्ति होइन तर म र अजय एडवर्डसमाथि बिमल गुरूङले जो आरोप र लाञ्छनाहरू लगाएपछि मैले पनि केही कुरा बोल्नै पर्छ।विगतको दिनमा लेबुङ बदमताम समष्टिमा मैले पनि गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधित्व गरेको थिए।गत 2017 को आन्दोलनमा म जेल बसे,मेरो बाउ आमाले बनाएको घर बंगाल सरकार र जाति विरोधीहरू भनौदाहरूने जलाई दिए।18 महिना जेल बसे,44 वटा केसहरू लागेको थियो,जस मध्ये यूएपीए देश दोह्रीको मामिला पनि आफुमाथि लगाएको थियो तर मैले कुनै दिन आया समेत भनिन,आफुमाथि भएको घटनाहरूको मलाई गुनासो पनि छैन,जातिको निम्ति लडाई लडदा यदि म माथि यस प्रकारको घटनाहरू हुन्छ भने होस तर मेरो जातिले निकास पाउनु पर्छ भन्ने मेरो सोंच थियो अनि आज पनि छ।

बिमल गुरूङ दाजुले भन्दै थिए 2017 मा मलाई गोली ठोेकेर मार्ने अर्डर थियो भन्ने सूचना पाएर आफु भाग्नु बाध्य भएको बताउदै थिए।बिमल गुरूङमाथि मैले कहिले पनि यस प्रकारको बयान दिने काम गरेको थिईन तर आज हद पार भएपछि म बोल्न बाध्य भएको छु,गत 2017 मा लेबुङ बदमताम समष्टिको गोजमुमो अध्यक्ष म पूरण तामाङलाई पनि गोली ठोकेर मार्ने अर्डर थियो तर म भागिन।जाति उन्मुक्तिको लडाईमा मैले रणभुमि छोडेर भाग्नु भनेको जाति हार्नु हो।बिमल गुरूङ ठूलो नेता हो तर नेताको परिभाष के हो त?भन्दै तामाङले प्रश्न तेर्साए।नेता भनेको त्याग हो,नेताले हाँसी हाँसी बलि दिनु सक्ने आँट राख्नु पर्छ।बिमल गुरूङले जाति र माटोको धेरै कुराहरू गर्छ तर जाति र माटोमाथि समर्पित रहेको ओजन गर्ने तराजु भएको भए बिमल दाजुको भन्दा मेरो ओजन धेरै गहकिलो निस्कने थियो।बिमल गुरूङ लगायत अन्य धेरै नेताहरूसंग मैले काम गरेको छु अनि अजय एडवर्डससंग पनि काम गरेको छु,सही र गलत छुट्टाउने मेरो विवेक छ तर अजय एडवर्डस सोझो ब्यक्ति हो,सेवा गर्ने मान्छे हो,करूण, दयाले भरिएको मान्छे हो,उसंग छल कपट छैन यो मैले देखेको कुरा हो पूरण तामाङले बताए।

बिमल गुरूङसंग कति छल कपट छ भन्ने कुरा मलाई थाहा छ।हामीले क्षेत्रीयता बचाउने कुरा गर्दैछौ,बिमल गुरूङले बलिदान दिवसको कुरा गर्छ अनि बलिदान दिवसमा भाषण दिनु पुग्छ तर 2010 मा सिप्सुमा भएको गोली काण्डको दिन बिमल गुरूङ कुमानीमा थिए अनि घटना स्थलमा म खडा थिए।नीता खवास,विमला राईलाई गोली लागेको घटना स्थलमा म थिए।बलिदानको कुरा गरेर मात्र हुँदैन हामी बलिदान दिनु तयार भएर निस्केका मानिसहरू हौ।मुखले होइन कर्म र विचारले जातिको निम्ति हामी समर्पित छौ।सिप्सुमा आयोजित बलिदान दिवस समारोहमा बिमल गुरूङले भन्दै थिए पहाडमा कमलको फुल फुलाउने माली म हो तर आज भाजपाले मालीलाई नै भूलेका छन भनेका थिए तर यस प्रकारको भाषण दिएको सप्ताह दिन नपुग्दै दाजु दिल्ली पुगेका थिए अनि अमित शाहसंग फोटो खिचेको फोटोहरू समाचार पत्रहरूमा छाएका थिए।गत 2020 मा पहाड फर्केर आउदा ममता ब्यानर्जीलाई मुख्यमंत्री बनाउछु भन्दै बिमल दाजुले भाषण दिएकै हो अब तपाई आफै भन्नु होस तपाईलाई हामीले कसरी विश्वास गरौ?

भन्दै पूरण तामाङले प्रश्न तेर्साए।गत 2021 मा मैले बिमल गुरूङलाई हामीले तृणमूल कागे्रससंग गठबन्धन गर्नु हुदैन भनेको थिए तर नगरपालिका चुनावमा तृणमूल काग्रेससंग गठबन्धन गरेकै हो,मैले त्यस समय विरोध गरेको थिए।त्यति नै बेला बिमल गुरूङले जातिको निम्ति केही गर्न सक्दैन भन्ने मलाई भान भएको थियो।गत 2017 मा बिमल गुरूङले लिएको निर्णयले समस्त भारतीय गोर्खाहरूको छातीमा घोचेको छ।राजनीति गर्नु होस तर कसैलाई आरोप र लाञ्छना लगाउने काम नगर्नोस।आईजीजेएफ संयोजक पूरण तामाङले अघि भने गत 2017 मा शहीद भएका हाम्रो भाइ बहिनीहरूको खुनमा टेकेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पहाडमा राज गर्दैछ।

हामी दुखी छैनौ तर समय बलवान छ,जातिको निम्ति हामी हाँसी हाँसी बलिदान दिनु तयार छौं।आईजीजेएफको पक्षबाट म पूरण तामाङ,गोजमुमोको पक्षबाट बिमल गुरूङ अनि भागोप्रमोको पक्षबाट अनित थापा आवोस हामी चौरस्तामा बसेर बाजी लगाउ जातिको निम्ति कसले के गर्न सक्छ भन्ने भन्दै पूरण तामाङले चूनौती दिए।हामी जातिको निम्ति फासी चढन पनि तयार छौ।अजय एडवर्डसले गोजीको पैसा लगाएर गरीब गोर्खा जातिको सेवा गर्दै आएको छ यो कुरा चाँही किन नबुझेको,आफ्नो राजनीति दुनो सोझाउन भाषण दिनु हुँदैन।जातिको मार्ने संकल्प पनि लिनु सक्नु पर्छ।प्रत्येक गोर्खाको छातीमा अलग राज्य गोर्खाल्याण्डको भावना छ तर पहाडको नेता भनौदाहरूले आफ्नो गोजी भर्ने काम मात्र गर्दैछ।अजय एडवर्डसले बाटो,पुल आदि जस्ता विकास मुलक कार्यहरू आफ्नो गोजीको पैसा लगाएर गर्दैछन्,किन की उनलाई गोर्खा जातिको माया छ। आईजीजेएफले क्षेत्रीयता र गोर्खा जाति बचाउने दिशामा काम गर्दैछ।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ