BGPM booth committee formed Takdah
BGPM booth committee formed Takdah

भागोप्रमोको बुथ २४/३६ अनि २४/४३ कमिटि गठन

Share this news

🕯️ तकदाह–ग्लेनबर्न समष्टि अन्तर्गत चुनावी बुथ कमिटी गठनमा तीव्रता — दुई बुथमा समिति गठन सम्पन्न-
दिनांक: २५ मार्च २०२६, बुधबार
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, तकदाह–ग्लेनबर्न समष्टि अन्तर्गत विभिन्न क्षेत्रमा आगामी विधानसभा चुनावलाई लक्षित गर्दै चुनावी गतिविधिहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्। सोही क्रममा आज एकै दिन दुई वटा बुथ लेभल समितिहरू सफलतापूर्वक गठन गरिएको छ। बुथ संख्या २४/३६ — शिकारी धुरा शाखा
(सिंग्रीम्ताम–ग्लेनबर्न खण्ड)
स्थानीय समष्टि सल्लाहकार समिति सदस्य श्री विजय मुखियाको अध्यक्षतामा सम्पन्न सभामा खरसाङ विधानसभा क्षेत्रबाट भागोप्रमोका उम्मेदवार श्री अमर लामा ज्यूलाई विजयी गराउने उद्देश्यले रणनीतिक छलफलसहित बुथ कमिटी गठन गरिएको हो।
नवगठित बुथ कमिटी (२४/३६):
अध्यक्ष: प्रेमजित तामाङ
उपाध्यक्ष: बिरबहादुर दर्जी
महासचिव: प्रतम तामाङ
सहसचिव: रोनित तामाङ
कोषाध्यक्ष: श्यामकुमारी मंगर, सोनिता तामाङ, विनिता मुखिया
प्रमुख सल्लाहकार: एम.के. तामाङ, सुमित मुखिया, मनोज तामाङ, सञ्जय लेप्चा
साथै २७ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ।
सभामा समष्टि सल्लाहकार समिति सदस्य श्री नोएल गुरुङज्यूले उम्मेदवार अमर लामाको अनुभव र “मोमबत्ती” चिन्ह मार्फत विकासको उज्यालो ल्याउने विश्वास व्यक्त गर्नुभयो।
समष्टि महासचिव श्री सुशोभित गुरुङज्यूले वर्तमान राजनीतिक समिकरण र चुनावी माहोलमाथि विश्लेषणात्मक सम्बोधन राख्नुभयो।
बुथ संख्या २४/४३ — दवाईपानी बस्ती खेल मैदान,(मानेडाँडा खण्ड)
शाखा सभापति श्री दिलीप देवानज्यूको अध्यक्षतामा सम्पन्न सभामा उत्साहजनक सहभागितासहित बुथ कमिटी गठन गरिएको छ।
नवगठित बुथ कमिटी (२४/४३):
सभापति: मुक्तिराज राई
उप-सभापति: बुद्ध कुमार तामाङ
सचिव: संजय राई
सह-सचिव: बुद्ध देवान
कोषाध्यक्ष: श्याम तामाङ
मुख्य सल्लाहकार: दिलीप देवान, बिरेन्द्र किशोर राई, सचिन गुरुङ, विद्धात राई साथै १८ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ।
सभामा उपस्थित सम्पूर्ण सदस्यहरूले आगामी विधानसभा चुनावमा आफ्नो बुथबाट श्री अमर लामा ज्यूलाई भारी मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेष उपस्थिति तथा गतिविधि
दुवै सभाहरूमा समष्टि तथा खण्ड समिति पदाधिकारीहरू, चुनाव सल्लाहकार सदस्यहरू, निर्वाचित प्रतिनिधिहरू, युवा प्रतिनिधिहरू, बुद्धिजीवी, सचेत नागरिक तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साथै, शिकारी धुरा क्षेत्रमा अन्य दलबाट आएका व्यक्तिहरूलाई समष्टिको तर्फबाट खदा अर्पण गर्दै पार्टीमा स्वागत गरिनुका साथै जिम्मेवारी समेत प्रदान गरिएको छ।
🕯️ समापन सन्देश समर्पण र सेवाभावका साथ अघि बढ्दै,
श्री अमर लामा ज्यूको विजयसँगै यस क्षेत्रको समग्र विकास सुनिश्चित हुनेमा समष्टि पूर्ण विश्वस्त रहेको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ