खरसाङ, (निसं) सन्त अल्फन्सस् ईको क्लबको आयोजनामा अनि पश्चिम बंगाल प्रदूषण नियन्त्रण बोर्डको सहयोगमा सन्त अल्फन्स् उच्चतर माध्यमिक विद्यालयका कक्ष 9, 10 अनि 12 कक्षाका विद्यार्थीहरूलाई लिएर चित्रकला प्रतियोगिता सम्पन्न भयो। पर्यावरण बचाउ अनि वृक्ष बचाउ थीममा सम्पन्न भएको यो प्रतियोगिता विद्यालयको प्रेक्षागृहमा सम्पन्न भएको थियो।
प्रतियोगितामा कक्ष 9 बाट पहिलो सोहन हल्दार, दोस्रो नाम्गेल तामाङ, तेस्रो आमोश लोहार भए। कक्षा 10 बाट रेहान राई, रिवाज छेत्री अनि तेस्रो सुवा राई भए। कक्ष 12 बाट पहिलो सिमरन उराव, दोस्रो दिवाङ लामा अनि तेस्रो केशाङ तामाङ भए। विद्यालयका शिक्षक लक्ष्मण छेत्रीले जानकारी गराए अनुसार पहिलो, दोस्रो अनि तेस्रो भएका विद्यार्थीहरूलाई प्रमाण पक्ष, ट्रफी अनि उपहार प्रदान गरियो भने सम्पूर्ण सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो। यस प्रतियोगिताको समन्वयक शिक्षक मिनर्वा पटेल अनि रिहा लाबर रहेका थिए भने निर्णायसहरूमा शिक्षक पवन रसाइली, एजाज अहमद, जेनिफर लेप्चा अनि एञ्जेलिनमा मोक्तान रहेका थिए।
कार्यक्रममा बोल्दै सन्त अल्फन्सस् उच्चत्तर विद्यालयका प्रधान अध्यापक फादर केवीन मोक्तानले पुरस्कृत विद्यार्थीहरूलाई बधाई दिए। फादरले आगामी दिनमा पनि यस प्रकारको कार्यक्रमहरूको आयोजना गर्ने सुझाउ दिँदै पर्यावरण बचाउनको निम्ति वृक्ष रोपण गर्नु पर्ने बताए। तिनले वर्तमानमा विश्वको विभिन्न स्थानमा युद्ध भइरहेकोले यस प्रकारको युद्धले पर्यावरणलाई ठूलो असर गर्ने बताउदै यस्ता युद्धहरू रोकेर विश्वमा शान्ति स्थापित हुन पर्ने आवश्यकता रहेको बताए। तिनले विद्यार्थीहरूलाई पर्यावरणपछि सजग र सचेत रहने बताए।












