आईजीजेएफको पोस्टर च्यातियो अनि झण्डा निकालियो

Share this news

खरसाङ,  (मोहन प्रसाद) अजय एडवर्ड्सको नेतृत्वमा रहेको इण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीद्वारा सोमवार खरसाङ शहरमा लगाइएको पोस्टरहरू मंगलवार बिहान च्यातिने अनि झण्डा निकाल्ने कार्य गरियो।
इण्डियन गोर्खा जनशक्ति फ्रण्टले सोमवार दिउँसो खरसाङ शहरको विभिन्न स्थानहरूमा चुनाव-प्रचार अन्तर्गत “परिवर्तन“ नामक पोस्टर लगाएको थिए। पार्टी नेतृत्वहरूको भनाई अनुसार, पहाड़का जनताले परिवर्तन खोजिरहेको छन्‌‍। सोही अनुरूप, पार्टीले जनताको आकांक्षा “परिवर्तन“लाई कदर गर्दै चुनाव-प्रचारको प्रथम चरणमा पोस्टर लगाउने कार्य गरेको थियो। सोमवार टाँसिएको पोस्टर अनि लगाइएका झण्डाहरू मंगलवार बिहान खरसाङ मोटर स्टैण्ड सहित शहरको विभिन्न ठाउँबाट च्यातिने अनि निकालिने कार्य गरियो ।
ृपार्टीको केही वरिष्ठ नेतृत्वहरूले बताए अनुसार, पार्टीले लगाएको पोस्टर कुनै राजनीतिक दल समर्थक अथवा कुनै असामाजिक तत्वहरूले च्यातेको होइनन्‌‍। तर चुनाव आयोग अन्तर्गत आचार संहिता सेलद्वारा शहरको सबै ठाउँबाट तिनको पोस्टर च्यातिने एवं हटाउने कार्य भएको हो।
आईजीजेएफ पार्टीका प्रवक्ता दया देवानले बताए अनुसार, पार्टीले चुनाव आयोगको सम्बन्धित सेलसंग पोस्टर लगाउनुको निम्ति कुनै प्रकारको अनुमति लिएको थिएन। सोही अनुरूप, आचार संहिता अन्तर्गत सम्बन्धित चुनाव विभागका कर्मचारीहरूद्वारा ती पोस्टरहरू च्यातिने अनि झण्डा हटाउने कार्य भएको हो।
देवानले यो पनि जनाए कि तिनको पार्टीको लीगल सेलले यस विषयमा चुनाव आयोगको सम्बन्धित एकाइसित सम्पर्क राखेर अझ थप जानकारी लिइरहेको छ। आगामी दिनमा चुनाउ आयोगका आधिकारीहरूसित सम्पर्कमा रहेर, चुनाउ आचार संहितालाई पालन गर्दै कार्यक्रमहरू गरिनेछ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ