Ajay Edwards political statement Darjeeling

हामी कानुन तोडदैनौं, काम बिगार्दैनौं कसैसंग डराउँदैनौं पनि: एडवर्डस

Share this news

हामी कानुन पनि तोडदैनौं, काम पनि बिगार्दैनौं अनि कसैसंग डराउँदैनौं पनि यो भनाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसको हो।तकदाह टिष्टा भ्याली समष्टिको बस्नेत गाउँमा आज नव निर्माण बाटोको विधिवत उद्घाटन सम्पन्न भयो।आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्डसले पश्चिम बंगालमा चुनावको घोषणा भई सकेको छ,अहिले राज्यलाई निर्वाचन आयोगले संचालन गर्दैछ।इण्डियन गोर्खा जनशक्ति फ्रण्टले उम्मेद्वारको घोषणा गरेको छैन अनि जबसम्म उम्मेद्वारको घोषणा गरिन्दैन तबसम्म आफुहरूले गरेको सामाजिक कार्यहरूको उद्घाटन गर्न सकिन्छ।हामी देशको कानुनलाई सम्मान गर्छौ,हामी कानुन तोडदैनौ अनि कसैसंग डराउँदैनौ पनि।पुलिस प्रशासनहरूसंग भष्ट्रचारीहरू, गुण्डाहरू, चोरहरू डराउनु पर्छ तर तपाई हामी जस्ता समाजसेवीहरू डराउनु पर्दैन भन्दै एडवर्डसले व्यंग्य कस्यो। तिनले अघि भने जनताले निर्माण गरेको बाटो,समाज घर जे जति निर्माण गरेका छन,त्यसको उदघाटन गर्न जनताले निम्ताउँछ भने हामी अवश्य जाने इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्डसले बताए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान