बिगत वर्ष 2025 चार अक्टुबर को अविरल वर्षाको कारण सुके पोखरी अन्तर्गत गोपालधारा ग्राम पञ्चायतको राङ्गभाङ्ग जौबारी क्षेत्रमा निक्कै ठूलो क्षति पुराएको थियो। त्यस क्षेत्रलाई जोड्ने दुई तर्फी बाटो एकदमै तहसनहस भएको छ, जसमा एक तर्फी बाटो चुँडिएर गएको छ! त्यस क्षेत्रलाई जोड्ने अर्को तर्फको बाटोमा भएको पुल पनि निक्कै क्षतिग्रस्त भएको थियो! अब एकमात्र बाटो त्यस पुल भएर क्षेत्रमा प्रवेश हुने भएकोले गाउँवासीले ग्राम सुधार सङ्घको माध्यमबाट पञ्चायत कहाँ मरमतिको निम्ति अर्जी-पत्र चढाएको थियो। तर सम्बन्धित निकायबाट कुनै प्रकारको कदम नउठाएको हुँदा यो समस्या समाधानार्थ गाउँवासीले ग्राम सुधार सङ्घको माध्यमबाट इन्डिया गोर्खा जनशक्ति फ्रन्टका प्रमुख श्री अजय एडवर्ड्सलाई उक्त पुल मरमती को निम्ति अर्जी-पत्र चढाइएको थियो।
एडवर्ड्सले यो समस्यामाथि ध्यान दिंदै उनको सुझाउमा सुके-मानेभान्ज्याङ समस्टि अध्यक्ष श्री दिनेश राई, सचिव श्री दावा शेर्पा लगायत समस्टि सदस्यहरुको टोलीले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गरि रिपोर्ट दिइयो। यो कार्यमाथि तुरून्तै कार्य गर्दै श्री अजय एडवर्ड्सद्वारा 130 ब्याग सिमेन्ट सहयोग प्राप्त भयो!
उक्त क्षेत्रका बिशेष व्यक्तिहरुको सहभागितामा गाउँबासी, समाज मिलेर श्रमदान गरी उक्त पुल लाई एकदमै राम्रो ढाँचामा ल्याउनु सक्षम भएको छ! यस योगदानको निम्ति गाउँबासीद्वारा श्री अजय एडवर्ड्स अनि इन्डिया गोर्खा जनशक्ति फ्रन्टप्रति हार्दिक धन्यबाद ज्ञापन गरिएको छ। अजय एडवर्ड्स पहाडका एकमात्र यस्ता नेता हुन्, जसले सत्तामा बसेर सरकारी लगानीबाट नभई, सत्ताबाहिरबाटै आफ्नो खलतीको कोषबाट करोडौं लगानी गरि पहाडको विकास र प्रगतिको लागि कार्य गरिरहेका छन्। उनले गरेका यी कार्यहरू सत्तामा रहेका पदाधिकारीहरूका लागि पनि चुनौति भएको छ।












