Ashok Giri joins IGJF Darjeeling
Ashok Giri joins IGJF Darjeeling

अशोक गिरीलगायत अन्य, इण्डियन गोर्खा जन शक्ति फ्रण्टमा सामेल

Share this news

भागोप्रमोको अशोक गिरी लगायत अन्य धेरैले समाए आइजीजेएफको झण्डा। जसमा आइजीजेएफले मात्र गोर्खा जातिको उत्थान गर्न सक्ने दावी अशोक गिरीले गरे भने महेन्द्र राईले सत्यको लडाई कठिन हुन्छ तर जीत निश्चित हुने बताए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुङथुङ मेरीबुङ तामसाङ समष्टिको तामसाङका अशोक गिरीले समाए इण्डियन गोर्खा जन शक्ति फ्रण्टको झण्डा। शहरको माल रोड स्थित इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय कार्यलय पी कोठीमा आज समर्थन कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा पार्टीको केन्द्रीय संयोजक अजय एडवर्डस, महकुमा समिति संयोजक पूरण तामाङ लगायत अन्य केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो।यसैक्रममा चुङथुङ मेरीबुङ तामसाङ समष्टिको तामसाङ लोरूङ धूरा निवासी अशोक गिरी लगायत अन्य धेरै समर्थकहरूले इण्डियन गोर्खा जन शक्ति फ्रण्टको झण्डा समाए। इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय नेतृत्वहरूले अशोक गिरी लगायत अन्य समर्थकहरूलाई श्रद्धा लगाउँदै पार्टीमा न्यानो स्वागत जनाए। यसैक्रममा अशोक गिरीले आफु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ता रहेको बताए तर अजय एडवर्डसको निस्वर्थ सेवा भाव देखेर आफुले गोर्खा जातिको उत्थान र विकासको निम्ति इण्डियन गोर्खा जन शक्ति फ्रण्टमा सामेल भएको हो भन्ने बताए।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्वहरूको सोंच राम्रो छैन भन्ने मैले बुझें। तर अजय एडवर्डसको गोर्खा जातिको समर्पित सोंच र जन कल्याण भावना देखेर इण्डियन गोर्खा जन शक्ति फ्रण्टले मात्र गोर्खाहरूको उत्थान गर्न सक्छ भन्ने मैले बुझें अनि म आइजीजेएफमा सामेल भएको गिरीले बताए। त्यसरी नै चुङथुङ मेरीबुङ तामसाङ समष्टि अध्यक्ष पूर्व कैप्टेन महेन्द्र राईले चुनावको नजिकमा आइजीजेएफमा सामेल हुनु यो तपाईंहरूको सचेतपन हो, यसको निम्ति तपाईंहरू सबैलाई स्वागत जनाउँछौ। हाम्रो लडाई धेरै छ तर यी मध्ये अब हुने विधानसभा चुनाव पनि एउटा हो। हाम्रो घर गरीब छ दिनु खानु केही छैन, पार्टी संयोजक अजय एडवर्डसले रोटी बेचेर तपाईंहरूको समस्याहरूलाई समाधान गर्न सक्दो प्रयास गरि रहेका छन्।

हाम्रो लक्ष्यमा अवश्यै पुग्ने छौ,त्यसैकारण आधी तुफानमा पनि हामी यता उता नभई अटल भएर बसेका छौं। यस प्रकारको आशा तपाईंहरूले धेरै झण्डाहरूसंग गर्नु भयो हो तर मेरो आशा र भरोसा भने आइजीजेएफको झण्डा नै पहिलो अनि अन्तिम पनि हो।यस भन्दा अघि म सेनामा थिएँ, सेनाबाट अवकाश भएपछि यो झण्डामा आएको हो अनि यो झण्डामाथि मेरो आशा र भरोसा छ।यदि तपाईंहरूलाई कुनै प्रकारको असुविधाहरू परेको खण्डमा रात विरात केही नसम्झी मलाई फोन गर्दा हुन्छ म अवश्य आउनेछु। यो सत्यको लडाई हो, सत्यको लडाई जहिले पनि कठिन हुन्छ तर जीत भने निश्चित रहेको कैप्टेन महेन्द्र राईले बताए।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ