भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटी नारी शक्तिलाई विस्तार गर्न हेतु खरसाङ महकुमा कार्यालयमा महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्कीकोे अध्यक्षतामा सभा सम्पन्न भयो। सभाको सञ्चालन टाउन कमिटीकी अध्यक्ष देवकी सुब्बा प्रधानले गरेकी थिइन्। सभामा वक्तव्य राख्ने क्रममा केन्द्रीय समिति नारी शक्तिका अध्यक्षा अनु छेत्री प्रधानले सांगठनिक सुझाव राखिन् भने विपक्षी राजनैतिक पार्टीलाई त्याग गरी भागोप्रमोमा सामेल भएका नव नियुक्त टाउन कमिटी नारी शक्तिका कार्यकारीणी सदस्य वार्ड नम्बर 16 निवासी शितल रसाइलीले विपक्ष पार्टीमा रहँदाकाे अनुभव साथै पहाड़कोे सत्ताधारी पार्टीकोे अध्यक्ष अनित थापाको कार्यशैली, पारदर्शी सोचलाई तुलनात्मक रूपमा राखी सभामा वक्तव्य राखिन् भने सभाकाे मध्यममा खरसाङ नगरपालिकाका वार्ड नम्बर एकदेखि बीससम्मबाट 57 जना नारीहरूलाई टाउन कमिटीकोे विभिन्न पदमा खदा लगाएर स्वागतसँगै नियुक्त पत्र दिएर अभिभारा सुम्पेका छन्। उक्त सभामा उस्थित पदाधिकारीहरूले आगामी विधान सभाको चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ क्षेत्रका उम्मेद्वार अमर लामालाई धेरै मत दिएर जिताउने अनि पहाड़कोे सत्ताधारी पार्टीका अध्यक्ष अनित थापाको हात बलियो पार्ने आह्वान गरे। उक्त आह्वानलाई सम्पूर्ण नारीहरूले जोशपूर्ण तरीकाले समर्थन जनाएका थिए।












