गोर्खा जनशक्ति फ्रन्ट चुङ्ग थुङ्ग-मेरीबोङ्ग- तामसाङ्ग समष्टि अन्तर्गत धारावाहिक रूपमा बुथ कमिटी गठन कार्यक्रमलाई निरन्तरता दिँदै बुथ न° २३/६७ र २३/६९ को सफलतापूर्वक गठन गरिएको छ। उक्त कार्यक्रम समष्टि सचिव श्री अजय प्रधानद्वारा सञ्चालन गरिएको थियो भने समष्टि सभापति क्याप्टन महेन्द्र राईको सभापतित्वमा सम्पन्न भएको हो। उक्त सभामा सर्वसम्मतिबाट दुवै वुथका नयाँ कमिटीहरू गठन गरिएको छ। गठन गरिएका कमिटीका पदाधिकारी तथा सदस्यहरूको नामावली यस प्रकार रहेको छः बुथ न° २३/६९का पदाधिकारीहरूमा- सभापति: धिरज गुरुङ, उप-सभापति: जीवन मास्के, सचिव: सुशील दर्नाल, सह-सचिव: प्रेमकुमार सुब्बा, कोषाध्यक्ष: अजित श्रेष्ठ रहेका छन्। सल्लाहकारहरूमा सुदेश थापा, सन्त कुमार राई, योमत तामाङ, योगेश सुब्बा, बी. एस. दर्नाल रहेका छन्।
कमिटी सदस्यहरू: बन्टी सुब्बा, मिलन तामाङ, मनिला तामाङ, सिवन गुरुङ, अमित तामाङ, विकास थापा, सुरज श्रेष्ठ, राहुल दर्नाल, दिनेश थापा, एन.बी. छेत्री, पवन थापा, जे.बी. गुरुङ, रबिन दर्नाल, दीपंकर तामाङ, डोमा लामा, निराता थापा, शलिना दर्नाल, दीप थापा, रूपेन प्रधान रहेका छन्।
बुथ न° २३/६७ पदाधिकारीहरू: सभापति: सचिन तामाङ, उप-सभापति: बिर्जू लिम्बु, सचिव: अभिनय गुरुङ, सह-सचिव: जोसेफ गुरुङ, कोषाध्यक्ष: अंकित लामा रहेका छन्। सल्लाहकारहरू: महेन्द्र परियार, जितेन तामाङ, एलिजा लामा रहेका छन्। सदस्यहरू: अमल गुरुङ, लेलिन थापा, सबिन लामा, एन्डरियस सुब्बा, ट्रीजा तामाङ, पाल्देन तामाङ, दीपिका छेत्री रहेका छन्। नवगठित दुवै बुथ कमिटीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समष्टि सभापति क्याप्टन महेन्द्र राईले संगठनलाई अझ सशक्त बनाउँदै जनताको सेवामा समर्पित रहने विश्वास व्यक्त गर्नुभयो। साथै, कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्यहरूले संगठनको उद्देश्य प्राप्तिका लागि एकताबद्ध भई अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।












