सिलगढी लिटरेरी सोसाइटीले “सिलगढी साहित्य महोत्सव” कार्यक्रम गर्ने भएको छ। जुन आगामी २० देखि २१ मार्च, २०२६ मा सिलगढीको होटल लाइफस्टाइल, (एयर भ्यू मोड नजिकै) गान्धी चोकमा आयोजना हुने दोस्रो, “सिलगढी साहित्य महोत्सव” मा आमन्त्रित गर्न पाउँदा खुसी व्यक्त गरिएको छ। यो प्रतिष्ठित कार्यक्रम साहित्य, संस्कृति र रचनात्मकताको जीवन्त उत्सव हुने वाचा गर्दछ, जसले देशभरका लेखक, कविहरू र साहित्य प्रेमीहरूलाई “सीमा र सीमाहरू: साहित्यको सीमा अन्वेषण” विषयमा आकर्षित गर्दछ। प्राप्त जानकारी अनुसार कार्यक्रम बिहान ९.३० बजेदेखि बेलुका ८ बजेसम्म हुनेछ। पहिलो दिन “सीमाना र सीमाहरू: साहित्यको सीमाको अन्वेषण”माथि चर्चा हुनेछ। जसमा मध्यस्थकर्ताहरू संजुक्ता दासगुप्ता, सुदिप्ता च्याटर्जी, कलेजका विद्यार्थीहरू
सृजल छेत्री, मुस्कान लकान्द्री, बिजय प्रधान अनि सुशान्त राई। उक्त कार्यक्रमको सञ्चालन श्रीमती लतिका जोशीले गर्नेछिन्। अन्तर्क्रियात्मक सत्रमा जिनिया मित्रा, अजय कृष्ण भावको सहभागिता रहनेछ। सत्र (२) मा हिन्दीमा हुने कुराकानीमा मध्यस्थकर्ता अनुन कमल र मृत्युन्जय कृष्ण सिंह र सेबन्त घोष रहनेछन्। सत्र (३) मा बंगला पुस्तकमाथि छलफल हुनेछ। जसमा कल्याणी ठाकुर अनि अनुरिमा चन्दको सहभागिता रहनेछ। यो कार्यक्रमको सञ्चालन कोयली गांगुलीले गर्नेछिन्। सत्र (४) को प्यानल छलफल लेखकभन्दा बाहिर, रचनात्मक लेखनमाथि हुनेछ।साहित्यमा प्रभावः जसमा नवनिता सेनगुप्ता, मृत्युञ्जय कृष्ण सिंह, जय ‘क्याक्टस’ गुरुङ, सुवोमय च्याटर्जीको सहभागिता रहनेछ।
यसमा मध्यस्थकर्ता नन्दिनी साहु रहनेछिन्। अन्तर्क्रियात्मक सत्रमा इन्द्रजीत कौर अनि अनुराधा शर्माको सहभागिता रहनेछ। पुस्तक छलफलमा सौविक दे सरकार र निशी पुलगुर्था रहनेछिन्। कार्यक्रमको सञ्चालक सुभ्रदीप रोय रहनेछन्। सत्र (६)मा भाषा र बहुलता: सामाजिक र सांस्कृतिक आयाम विषयमा चर्चा गरिनेछ। जसमा सौम्यदीप घोष (सेन्ट जेभियर कलेज, राजगंज) कौशिक गोस्वामी (गौरबंगा विश्वविद्यालय) सुनिला गुरुङ (अल्पाइन विश्वविद्यालय, सिक्किम) / धनञ्जय मल्लिक (उत्तर बंगाल विश्वविद्यालय) रहनेछन्। यो सत्रको अध्यक्ष: बिक्रम दास (रायगञ्ज विश्वविद्यालय) सुदिप्ता चटर्जी रहनेछन्। जसको मध्यस्थतामध्यस्थाता: मौसमी हाजरा (सिलगढी कलेज)ले गर्नेछिन्।












