GNLF meeting Darjeeling
GNLF meeting Darjeeling

चुनाउभन्दा मुद्दा गोरामुमोको पहिलो प्राथमिकता, सोनादामा सभा

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले चुनाउ भन्दा मुद्दा हाम्रो निम्ति पहिलो प्राथमिकता भएको बताउँदै पार्टीले सोनादा टाउन कमिटीको सांङ्ठनिक सभा सम्पन्न गरेको छ। जुन सभामागोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा टाउन कमिटीको प्रतिनिधिवर्गलाई लिएर आज सोनादा भालुटार बस्तीमा सांङ्ठनिक सभा सम्पन्न भएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सभालाई गोरामुमो खर्साङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन गुरुङले सञ्चालन गरेका थिए।

सभामा संगठन बिस्तार हेतु सोनादा टाउन कमिटीमा थप नयाँ कार्यकारिणी सदस्यहरु चयन गरिएका छन्। सोनादा टाउन कमिटीलाई बलियो बनाउनको निम्ति विभिन्न रणनीतिहरु अपनाउदै सभामा व्यापक चर्चा परिचर्चा गर्दै केन्द्रीय समितिको निर्देशन अनुसार कार्य गर्ने सभाले प्रस्ताव पारित गरे। सभा पछि सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्रीले आफ्नो बिज्ञप्ति जारी गर्दै भने, आजको सांङ्ठनिक सभाको मुख्य उद्देश्य भनेको संगठन बिस्तार अनि बर्तमान राजनैतिक परिवेश माथी छलफल भयो। अहिले चुनाउको माहोल छ र पहाडको सम्पुर्ण राजनैतिक दलहरू चुनाउमा ब्यस्त छ तर गोरामुमो अनि पार्टी अध्यक्ष मन घिसिङ मुद्दाको निम्ति केन्द्रित छ चुनाउ भन्दा मुद्दा पहिलो प्राथमिकता हो गोरामुमोको निम्ति। भारत सरकारले अहिले सम्म मुख खोलेको छैन। पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वमा भारत सरकार संग गर्नुपर्ने निभाउनु पर्ने जिम्मेवारीहरु सबै निभाइसकेका छन्। दार्जीलिङ पहाडमा जीटीए जस्तो अंसवैधानिक ब्यवस्थाले गर्दा तपाईं हामी लथालिङ्ग भएका छौं। गोरामुमोले जीटीए ब्यवस्थाको बिरोध मात्र होइन तर ब्यवस्थालाईनै खारेज गर्नु पर्ने जोड दिदै उच्च न्यायलयमा मुद्दा हालेको छ।अब जीटीए हटाउ संविधान बचाउ भन्ने पटि लाग्नु पर्छ गोरामुमोको मुल मुद्दा भनेकोनै सम्पुर्ण गोर्खा जातिले आफ्नो भुभागको सुरक्षा, आफ्नो संस्कृतिको सुरक्षा भएको भारतको संविधानको प्रावधान अनुरुप न्याय पाएको होस् ताकी हामी सुरक्षित बाँच्न सकौ। यसैकारण अब सम्पुर्ण पहाडवासी एक भएर अगि बडौ चुनाउ त आउँछ अनि जान्छ तर हामी सुरक्षित भएनौ भने भविष्यमा हाम्रो अवस्था यो भन्दा दयनीय हुनेछ भनी रुस्तम छेत्रीले जनाएका छन्।

Share this news
आजको रोजाइ
फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

आजको रोजाइ