Bikram Gurung PhD Darjeeling
Bikram Gurung PhD Darjeeling

लाटपञ्चर सिटोङका डा० बिक्रम गुरुङ बने रसायन शास्त्रमा विद्यारिधी 

Share this news

लाटपञ्चर सिटोङका होनहार युवा डाक्टर बिक्रम गुरुङले सिक्किम विश्वविद्यालय वाट रसायन शास्त्रमा विधावारिधीको उपाधि हाँसिल गरेर लाटपञ्चर लगायत सम्पुर्ण क्षेत्र एवं जातिको शान बढाएका छन्। लाटपञ्चर ७२ धुरा निवासी पिता नरबहादुर गुरुङ अनि माता रञ्जिता गुरुङका सुपुतर डा० बिक्रम गुरुङले डा. सुदर्शन तामाङको मार्गदशनमा ‘कोलोइडल क्वान्टम डट्स र फोटोक्याटालिटिक अर्गानिक ट्रान्सफर्मेसन’ विषयमा महत्वपूर्ण अनुसन्धान गरेका छन्। उनको विविध शोध कार्यहरू अमेरिका र बेलायत लगायत विश्वका प्रख्यात वैज्ञानिक जर्नलहरूमा प्रकाशित भएका छन् भने विभिन्न राष्ट्रिय अनि अन्तरास्ट्रिय समारोहहरुमा उत्कृष्ट वक्ताको पुरस्कारहरु द्वारा पनि पुरस्कृत भएको जान्नमा आएको छ । लाटपञ्चर ब्राइट चाइल्ड नर्सरी स्कुल अनि लाटपञ्चर उमाविवाट शैक्षिक यात्रा शुरु गरेका डा. गुरुङले सेन्ट अलफन्सेस सेन्टरोबर्टस हुँदै सिक्किम विश्वविधालयवाट उक्त गरिमामय विधावारिधी प्राप्त गरेका हुन् । तिनले आफ्नो सफलताको श्रेय परिवार र आफूले पढेका शैक्षिक संस्थाहरूलाई दिएका छन्।  प्रोजेक्ट लाइफका संयोजक बिक्रम थापा अनुसार तिनको उक्त उपलब्धिले दार्जिलिङ क्षेत्रमा एकजना अर्को प्रतिभाशाली विद्धान थपिएको छ भनी बताएका छन् । तिनको उक्त सफलताले लाटपञ्चर सिटोङ क्षेत्रमा खुशी छाएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ