भागोप्रमो तकदाह-ग्लेनवर्ण समष्टिद्वारा हावाहुरी प्रभावित परिवारलाई राहत 

Share this news

हालै आएको भीषण हावाहुरीका कारण तकदाह-ग्लेनवर्ण समष्टि अन्तर्गतका विभिन्न गाउँहरूमा व्यापक क्षति पुगेको थियो। विशेषगरी धेरै घरहरूमा गम्भीर क्षति भएको पाइयो। उक्त घटनापछि तकदाह–ग्लेनवर्ण समष्टि, सम्बन्धित सम्पूर्ण खण्ड समिति, समष्टि सल्लाहकार समिति तथा पञ्चायत सदस्यहरूको संयुक्त टोलीले प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरी वास्तविक क्षतिको विवरण संकलन गरेको थियो। सोही तथ्याङ्क र प्राथमिकताका आधारमा बढी प्रभावित परिवारहरूलाई समष्टिको तर्फबाट संयुक्त पहलमा च्यादर (तर्पाल) वितरण गरिएको छ। यद्यपि, केही पीडित परिवारसम्म तत्काल राहत सेवा पुग्न नसकेको अवस्थालाई मध्यनजर गर्दै, आउँदा दिनहरूमा थप राहत सामग्री वितरण गरिने जानकारी समष्टिले दिएको छ। प्राकृतिक आपद् कसैले पनि रोक्न सक्दैन, तर यस्ता कठिन परिस्थितिमा समष्टि समिति, खण्ड समिति तथा पञ्चायत सधैं जनताको साथमा उभिँदै आएको छ र आगामी दिनहरूमा पनि आपद् व्यवस्थापनमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछ। यो कार्य कुनै एक विभागीय सहयोगमा मात्र सीमित नभई, समष्टिले आफ्नो क्षमताअनुसार सकेसम्म धेरै पीडितसम्म सेवा पुर्‍याउने प्रयास जारी राख्नेछ।

जनसुविधा, जनहित तथा सामाजिक सेवाप्रति समष्टि सधैं प्रतिबद्ध र तत्पर रहनेछ। साथै, सम्पूर्ण क्षतिको विस्तृत विवरण सम्बन्धित विभागसमक्ष पेश गरिसकिएको छ र बाँकी समस्याहरू समाधान गर्न पनि समष्टि निरन्तर प्रयासरत रहनेछ हामी समष्टि अन्तर्गत रहेका क्षेत्रका सम्पूर्ण नेतृत्वसँग निरन्तर समन्वयमा छौं। सकारात्मक परिणामका लागि सम्पूर्णमा धैर्य राखिदिनुहुन तथा सहयोगका लागि साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौं। अर्कोतिर मिरिकमा आएको शक्तिशाली हुरी–हुण्डरीले मिरिक क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी मिरिक नगरपालिका वार्ड नम्बर ९ अन्तर्गत पर्ने सोह्रसाले गाउँमा प्राकृतिक विपत्तिको प्रभाव गम्भीर रूपमा देखिएको छ।प्राप्त जानकारीअनुसार, तीव्र हावाहुरीका कारण एक विशाल रूख ढलेर स्थानीय बासिन्दा वाङछेन तामाङको गाडीमा क्षति पुगेको छ। त्यसैगरी, हुरीको प्रकोपले गाउँका ६ वटा घर उडाएर पूर्ण रूपमा भत्काएको जनाइएको छ।स्थानीयवासीहरू त्रासमा रहेका छन् भने प्रभावित परिवारहरू सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन्। यसैबीच, जीटीए २३ नम्बर समष्टिका सभासद धुर्ब बम्जनले घटनास्थलको निरीक्षण गर्दै वस्तुस्थिति बुझी विभागीय तर्फबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ