हामी उद्यमीद्वारा पाँच दिवसीय प्रदर्शनी

Share this news

खरसाङ,  (निस) खरसाङको हामी उद्यमी समूहद्वारा गोर्खा जनपुस्तकालय खरसाङ्मा पाँच दिवसीय प्रदर्शनी शुरु गरिएको छ। उक्त प्रदर्शनीको 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पाद्वारा रिबन काटेर उद्घाटन गरिएको थियो। यस प्रदर्शनीमा स्थानीय उद्यमीहरूले स्वयंद्वारा तयारी गरिएको विभिन्न प्रकारका उपयोगी सर समानहरु खरसाङ्का जनताहरूको निम्ति प्रदर्शन हेतु राखिएका छन्‌‍। उद्यमी समूहमा वर्तमानमा 40 जनाभन्दा अधिक सदस्यहरु रहेको जानकारी प्राप्त भएको छ। यस प्रकारका प्रदर्शनी लगाउनुको उद्देश्य युवा पिँढ़ीलाई जागरूक गराउन साथै स्वनिर्भर बनाउन रहेको छ। आउँदो दिनमा अझ अधिक उद्यमीहरूलाई यस कार्यको निम्ति प्रेरित गरिनेछ भनी आयोजक समितिका सदस्य प्रितम लामा अनि अमीर भुसालले बताएका छन्‌‍। हामीले आफ्नै ठाउँमा केही गर्न सकौँ भन्ने उद्देश्यका साथमा स्वनिर्भर हुनलाई आफ्नै हातले बनाएर स्थानीय उत्पादनहरुलाई राखेर प्रदर्शनीको आयोजना गरेका छौँ, तिनीहरूले भने। दुवैले स्थानीय बेरोजगार युवाहरुलाई प्रोत्साहन दिन साथ र सहयोग गरिदिने पनि आह्वान्‌‍ गरेका छन्‌‍। यस क्रममा सभासद श्याम शेर्पाले पत्रकारहरुलाई सम्बोधन गर्दै स्थानीय युवाहरुको समूह उद्यमी ग्रुपले आफ्नै हातले बनाएर साथै उत्पादन गरेर प्रदर्शनीमा राखेकोले प्रोत्साहन प्रदान गर्नको निम्ति यहाँ उपस्थित रहेको बताए। उनले युवाहरुलाई प्रोत्साहन दिनलाई र आय स्रोत बढ़ाउनलाई प्रदर्शनमा राखिएका वस्तुहरू किनेर प्रोत्साहन गरिदिने निवेदन पनि गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ