ममता ब्यानर्जीप्रति कृतज्ञ अनित थापा

Share this news

खरसाङ,  (निस): राज्यकी मुख्यमन्त्री अनि अल इण्डिया तृणमूल कांग्रेसकी प्रमुख ममता ब्यानर्जीप्रति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले कृतज्ञता व्यक्त गरेका छन्‌‍।
राज्यकी मुख्यमन्त्री अनि अल इण्डिया तृणमूल कांग्रेसकी प्रमुख ममता ब्यानर्जीले कोलकातामा राज्यमा रहेको 294 वटा विधानसभा आसन मध्ये 291 वटा आसनको निम्ति तृणमूल कांग्रेस पार्टीका पार्थीहरूको नाम घोषणा गरे तापनि दार्जीलिङ पहाड़ वा जीटीए क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक पार्टीका अध्यक्ष अनित थापालाई समझदारी अन्तर्गत छोड़िदिएको बताएकी थिए।
यस अवधि, खरसाङ्मा पत्रकारहरूसित बोल्दै, अनित थापाले ममता ब्यानर्जीप्रति कृतज्ञता व्यक्त गरे अनि तिनले यो पनि जनाए कि विगतमा पनि ममता ब्यानर्जीले पहाड़को क्षेत्रीयताको भावनालाई कदर गरेकी छन्‌‍। आफ्नो पार्टीको उम्मेदवार पहाड़बाट खड़ा गरिनन्‌‍, एउटा राष्ट्रिय पार्टी भए तापनि यसपाली पनि पहाड़को क्षेत्रीयताको भावनालाई कदर अनि सम्मान गर्दै तृणमूल कांग्रेसको पार्थी खड़ा गरिनन्‌‍। पहाड़को तीनवटा आसन गोर्खाहरूको किपट रहेको स्वीकार गर्दै तृणमूल कंग्रेस प्रमुखले आफ्नो पार्टीको उम्मेद्वार उठाइनन्‌‍, यी तीन आसान गोर्खाहरूको निम्ति छोड़िदिएकी छन्‌‍। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी अनि तृणमूल कांग्रेस गठबन्धन पार्टी हुन्‌‍। ममता ब्यानर्जीले पहाड़को क्षेत्रीयताको भावनालाई सम्मान गर्दै, पहाड़कालाई नै तीनवटा आसन छोड़िदिएकी छन्‌‍। अर्कोतर्फ भारतीय जनता पार्टीले पहाडको पार्टीहरूसंग गठबन्धन गरेर अनि आफ्नै पार्टीको ब्यानरमा उम्मेदवार दिएर क्षेत्रीय पार्टीलाई मास्ने कार्य गरिरहेको छ।

तिनले यो पनि दावी गर्दै भने, भाजपासित गठबन्धन गरेर जीएनएलएफ पार्टीको पञ्जीकरण समाप्त भयो, गोजमुमोको अवस्था पनि यस्तै हुँदैछ। भाजपासित गठबन्धन गरेर यी पार्टीहरूले चुनाउ लड़न पाएनन्‌‍, यसरी चुनाउ लड़न नपाएकोलेनै जीएनएलएफको पञ्जीकरण रद्द भयो। भाजपाले गठबन्धन गर्छ तर आफ्नो ब्यानरमा उम्मेद्वार उठाउने गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ