इण्डियन गोर्खा जनशक्ति फ्रण्ट चुङथुङ–मेरीबोंग तामसाङ समष्टिमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा अजय एडवर्डसको दृष्टिकोणलाई समर्थन जनाउँदै थप पाँच घरपरिवारले फ्रण्टको झण्डा समाएका छन्। चुङथुङ–मेरीबोंग तामसाङ समष्टि अन्तर्गत पर्ने चुङथुङ १२ गोलाई,२३/६५ बुथमा समष्टि अध्यक्ष क्याप्टेन महेन्द्र राई तथा बुथ सचिव अमन राईको पहलमा आज एक महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नै थप पाँच घरपरिवारले फ्रण्टको झण्डा समाएका छन्।
कार्यक्रममा समष्टि युवा जनशक्ति फ्रण्टका प्रवक्ता निशात राईले आफ्नो मन्तव्य राख्दै वर्तमान अवस्थामा चुङथुङ–मेरीबोंग तामसाङ समष्टिमा व्याप्त भ्रष्टाचार, भाई-भतीजावाद तथा सरकारी विकास कार्यहरूमा देखिएको एकाधिकारका कारण आमजनता असन्तुष्ट रहेको उल्लेख गर्नुभयो।उहाँले अब सत्ताधारी दलको मनपरी सहन नसक्ने जनभावना बढ्दै गएको र यही कारणले जनता परिवर्तनको पक्षमा उभिँदै फ्रन्टलाई समर्थन गरिरहेका बताए।
उक्त कार्यक्रमले क्षेत्रीय स्तरमा फ्रण्टप्रति जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको स्पष्ट संकेत दिएको चुङथुङ-मेरीबोंग तामसाङ समष्टि इण्डियन गोर्खा जनशक्ति फ्रण्टले दावि गरेको आइजीजेएफ सञ्चार माध्यमले जानकारी दिएको छ।
यसअघि पुल बिजनबारी गोक समष्टि अन्तर्गत पलबुङ,नयाँ नोर शाखाबाट 31 भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा,भारतीय जनता पार्टी र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका परिवारहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्ट माथि आस्था र भरोसा गर्दै झण्डा समाएका थिए। यसक्रममा पुल बिजनबारी गोक समष्टिको पलबुङ, नयाँ नोर शाखाका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, भारतीय जनता पार्टी र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिलाएर जम्मा 31 परिवारहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टमाथि आस्था र भरोसा गर्दै पार्टीको झण्डा समाएका थिए। पार्टीको केन्द्रीय संयोजक अजय एडवर्डसले समर्थकहरूलाई खदा लगाउदै पार्टीमा न्यानो स्वागत जनाए।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको पुल बिजनबारी गोक समष्टिको कार्यकारी अध्यक्ष प्रमोद लावतीको नेतृत्वमा समर्थन जनाउन आएका समर्थकहरूले पहाड तराई डुवर्स तथा भारतीय गोर्खाहरूको अन्तिम आशा र भरोसा भनेको नै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा केन्द्रीय संयोजक अजय एडवर्डस रहेको बताउँदै पार्टीको भिजन र पार्टी संयोजक अजय एडवर्डसको इमान्दारितालाई घर घरमा पूराउने संकल्प लिए।
दार्जीलिङ पहाडमा झूठको राजनैतिक चल्दैछ अनि यो कुरा पहाडको जनताले बुझिसकेको छ। भारतीय जनता पार्टीले गोर्खाल्याण्डको कुरा गरेर जनतालाई अल्माउने काम गर्दै आएको छ तर 20 वर्षसम्म पहाडबासीले आँखा चिम्लेर समर्थन जनाउदै सांसद विधायक दिँदै आएका छन भने अर्को पन्थीले बंगाल सरकारसंग मिलेर काम गर्छु भन्दै आएको छ तर पहाडमा भष्ट्रचार,घोटाला,भाइभतिजाबाद बाहेक अरू केही छैन। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा केन्द्रीय संयोजक अजय एडवर्डसले पहाड तराई डुवर्स तथा भारतीय गोर्खाहरूको भविष्य सुनिचित गर्ने दिशामा लागि परेका छन्। अजय एडवर्डस कुनै बोर्डमा छैनन् तर उनले आफ्नो गोजीको पैसा लगाएर पुल, सडक, सार्वजनिक भवन, गरीब बिमारीहरूको उपचार,गरीब विधार्थीहरूलाई शिक्षा आर्जन साथै सुविधा प्रदान गर्ने कामहरू गर्दै आएका छन्।












