गोर्खाल्याण्ड राष्ट्रिय मञ्चको प्रथम राष्ट्रिय अधिवेशनमाथि समीक्षा सभा

Share this news

गोर्खाल्याण्ड राष्ट्रिय मञ्चको प्रथम राष्ट्रिय अधिवेशन गत् २१ अनि २२ फरवरीको दिन आयोजना गरिएको थियो। उक्त अधिवेशनलाई लिएर गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको आज सालबारीमा समिक्षा सभा बस्यो। गोएसकै पहलमा भएको भएपनि उक्त अधिवेशन बिगत वर्षको नोभेम्बर महिनामा दिल्लीमा बिभिन्न राज्यका गोर्खाल्याण्ड पन्थी गोर्खा जनप्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको गोर्खा एसेमब्लीद्वारा निर्धारित कार्यक्रम रहेको थियो जसमा देशका बिभिन्न राज्यबाट आएका गोर्खा प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहेको थियो।

उक्त दुई दिवसीय राष्ट्रिय मञ्चको अधिवेशन सफल पार्न बिभिन्न राज्यका गोर्खाहरुले गोर्खाल्याण्ड कै निम्ति आर्थिक, बौद्धिक अनि भौतिक सहभागिता जनाउनु ठूलो कुरा रहेको थियो त्यसमा पनि उत्तर पूर्वी राज्यका धेरै प्रतिनिधिहरु आफ्नो व्यस्त समयलाई पर सारेर अधिवेशनमा उपस्थित हुन आई पुग्नु अझ महत्त्वपूर्ण कुरा रहेको थियो। यसलाई “मेरो दायित्व, मेरो गोर्खाल्याण्ड” को गोएसको नारालाई उत्तर पूर्वी राज्यका गोर्खाहरुले आत्मसात गर्न सकेको बुझेको छ। यस्तै कुराहरूबाट गोएसको समिक्षा सभा शुरू भएको थियो।

अर्को तीर, एउटा सानो समूह भएकोले राष्ट्रिय अधिवेशन सम्पन्न गर्न निक्कै चर्को परेको कुरालाई पनि स्वीकार गर्दै योजना अनुसार गर्न नसकेको कतिपय कार्यहरु बारे गहिरो समीक्षा गरिएको थियो। त्यसमध्ये गोर्खाल्याण्ड जस्तो संवेदनशील अनि महत्त्वपूर्ण मुद्दामा न्युन जनसहभागिता अनि जनचासोको बिषयलाई चिन्ताको बिषय ठहर गर्दै सबैले त्यसमाथी कसरी काम गर्न सकिन्छ भन्ने विषयमा आ-आफ्नो विचार राखे।

तथापि भीड़ भन्दा भीजनलाई नै प्राथमिकता दिने समूहको विचारधारालाई आत्मसात गर्दै निरन्तर कार्यक्रमहरू गर्दै जानु पर्नेमा सबैको सहमति पनि बनेको थियो। जम्मै कमि कमजोरीहरु केलाउँदा कतिपय कुराहरुमा सफल बन्न नसकेको भएपनि गोर्खाल्याण्डको मुद्दालाई राष्ट्रिय मुद्दा बनाएर सरकार अघि प्रस्तुत गर्ने योजना अनुसार सफल प्रयास भइरहेकोमा सबैले सन्तोष पनि व्यक्त गरे। यद्यपि गोएसको योजना गोर्खाल्याण्डको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने सम्म मात्र नभएर गोर्खाल्याण्ड हासिल गर्ने अनि देशभित्रै गोर्खा जातिको एउटा समृद्ध राज्य बनाउने सम्मको रहेकोले कमि कमजोरी अनि असफलताहरुलाई हेरेर निराश बन्ने भन्दा पनि आफ्नो लक्ष्य अनि भीजनमा अडिग बसेर निरन्तर अघि बढ़्नु पर्नेमा पनि सबैले जोर दिए।

बिशेष गरिकन प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा गोर्खाल्याण्ड चाहाने तर गोर्खाल्याण्डको निम्ति अघि आएर काम गर्ने कसैको पनि ईमान्दार प्रयास देख्न नपाएको परिस्थितिमा समूहले नवगठित राष्ट्रिय मञ्च सँग तालमेल मिलाएर कसरी काम गर्ने भन्ने बिषयमा व्यापक छलफल गऱ्यो। अब राष्ट्रिय मञ्च गठन भई सकेपछि गोर्खाल्याण्ड गठनको निम्ति राष्ट्रिय स्तरबाट गरिनु पर्ने कार्यक्रम अनि सङ्घर्षको योजना पनि राष्ट्रिय मञ्चबाटै तैयार पारिनु पर्ने कुरालाई पनि सभाले सहमति जनायो। यसको निम्ति राष्ट्रिय मञ्चको प्रतिनिधि सभामै कुरा राखेर चर्चा-परिचर्चा गरिने र आगामी दिनहरूमा योजना बद्ध तरिकाले अघि बढ्ने निर्णय लिएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ