अन्य पार्टीका कार्यकर्ताहरूले समाए आइजीजेएफको झण्डा

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र भारतीय जनता पार्टीको धेरै कार्यकर्ताहरूले इण्डियन गोर्खा जन शक्ति फ्रण्टमा आस्था र भरोसा राख्दै समर्थन जनाएको छ। लङभ्यु पंखाबारी समष्टिको मेरणबारी क्षेत्र साथै सुकना पानीघट्टा समष्टि अन्तर्गत पानीघट्टा क्षेत्रका भागोप्रमो अनि भाजपाको कार्यकर्ताहरूनले इण्डियन गोर्खा जन शक्ति फ्रण्टलाई समर्थन जनाएको छ।आज लङभ्यु पंखाबारी समष्टिमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको समर्थन सभा सम्पन्न भयो।आयोजित समर्थन सभामा पार्टी केन्द्रीय संयोजक अजय एडवर्डस विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै पार्टी केन्द्रीय कार्यकारिणी सदस्य एन0वी0 खवास,प्रतिम सुब्बा लगायत अन्य केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो।त्यसरी नै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट दार्जीलिङ महकुमा अध्यक्ष पुरण तामाङ्ग खरसाङ महकुमा समिति महासचिव अल्फ्रेड तामाङ खर्साङ महकुमा प्रचार प्रसार सचिव श्री दया देवान खर्साङ महकुमा नारी जनशक्ति फ्रण्ट संयोजिका संगिता छेत्री चिम्नी देवराली पंचायत प्रधान बिमल तामाङ्ग,CWC सदस्य युकाश प्रधान आदि उपस्थित रहेका थिए।आयोजित समर्थन सभामा लङभ्यु पंखाबारी समष्टिको मेरणबारी क्षेत्रका भागोप्रमो अनि भाजपाको धेरै कार्यकर्ताहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्ट माथि आस्था र भरोसा राख्दै समर्थन जनाए।मेरणबारी क्षेत्रका बासिन्दाहरू विगत धेरै वर्ष अघिदेखि विकासहिन भएर बसेका छन।राज्य सरकारसंग मिलेर विकासको काम गर्छु भन्नेहरूले पनि आजसम्म यस क्षेत्रमा रतिभर विकास गरेका छैन।यस्तै कार्यहरूले गर्दा यस क्षेत्रको मानिसहरू पहाडको सत्ता दलदेखि वाक्कै दिक्कै भएर इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएको बताए।यहाँका मानिसहरू पहाडको सत्ता दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा साथै केन्द्रको सत्ता दल भारतीय जनता पार्टीसंग जोडिएर बस्दै आएका थिए तर दुवै सत्ताधारी पार्टीहरूले यस क्षेत्रका मानिसहरूलाई रतिभर विकास दिनु नसक्दा इण्डियन गोर्खा जन शक्ति फ्रण्टको भिजन र संयोजक अजय एडवर्डसको जनताप्रतिको इमान्दारितालाई देखेर इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन जनाएको हो।त्यसरी नै सुकना पानीघट्टा समष्टि संयोजक मन्दीप लामा र जीतमान तामाङको नेतृत्वमा पानी घट्टाका 35 परिवारहरूले आज इण्डियन गोर्खा जन शक्ति फ्रण्टमा सामेल भएका छन।पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसले समर्थकहरूलाई खदा लगाउदै पार्टीमा न्यानो स्वागत जनाए।समर्थन जनाएका समर्थकहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको भिजन र पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसको जनताप्रतिको इमान्दारितालाई घर घरमा पूराउने संकल्प लिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ