GTA issue Darjeeling hills
GTA issue Darjeeling hills

जनताको कुरा सुन्न गोरामुमो अध्यक्ष मन घिसिङ पुगे कालेबुङ

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङ ब्लक एकको आयोजनामा कालेबुङ पुदुङ सिङदेबुङमा जनताको कुरा बुझ्न एउटा सांङ्ठनिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पार्टी को मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। ब्लक एकका सचिव बिकाश मुखिया अनि ब्लक २ अध्यक्ष मणिकुमार खवासद्वारा संचालन गरिएको सभामा गोरामुमो अध्यक्ष मन घिसिङको प्रमुख उपस्थितिमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मन घिसिङ द्वारा कालेबुङको जनताको कुराहरु बुझ्ने अनि सुन्ने कार्य भयो। सन् १९८६ सालको आन्दोलनमा आफ्नो अहम भुमिका निभाउनेहरुलाई गोरामुमो अध्यक्ष मन घिसिङ द्वारा खदा लगाएर सम्मान जनाउने कार्य भयो । यसैक्रममा जनतालाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष मन घिसिङले भने, अहिलेको समय भनेको देखाउने अनि नानाथरीको कुरा भन्ने समय हो तर म त्यो सब गर्नु सक्दिन, किन भने डाकुहरुको अड्डामा हजारको नोट गन्नु हुँदैन। यहाँ सपार्नेभन्दा बिगार्ने धेरै हुन्छ। त्यो बिगतको दिनमा तपाईं हामी सबैले भोगेको हो।

गोरामुमो कारण भारत सरकार संग वार्ताको शुरुआत भएको हो र भारत सरकार संग वार्ता शुरु हुनु भनेको ठूलो विषय हो। बिगतको दिनमा किन वार्ता हुन सकेन ? हाम्रो बुद्धिजीवि अनि नेता भनौदाहरुले यो कार्य किन गर्नु सकेन ? मैले धेरै जोगाउनु खोजे तर सुनेनन्। मैले जीटीए चुनावमा नजानु भन्दा हाम्रो मान्छेले बुझेनन्, म उच्च – न्यायलय सम्म पुगेको हो। अहिले पहाडको अवस्था चिन्ताजनक छ। जीटीएको चौकीमा बस्नेहरु संग बिचार मिल्दैन। यो ब्यवस्था मान्नु हुदैन जीटीए हटाउ संविधान बचाउ भन्नुपर्छ अब। दार्जीलिङ गोर्खा पार्वतीय परिषदमा भविष्य थियो र त छैटौं अनुसूचीको सम्झौता भयो।

तर जीटीएको चौकीमा बसेर जाति र माटोको कुरा गर्नु मिल्दैन। अब पनि बुझेन भने सन् १९८६ भन्दा अगाडि जुन अवस्था थियो दार्जीलिङ पहाडको त्यस्तै हुने गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो सम्बोधनको क्रममा भने। गोरामुमो कारण भारत सरकार संग वार्ताको शुरुआत भएको हो र भारत सरकार संग वार्ता शुरु हुनु भनेको ठूलो विषय हो। बिगतको दिनमा किन वार्ता हुन सकेन ? हाम्रो बुद्धिजीवी अनि नेता भनौदाहरुले यो कार्य किन गर्नु सकेन ? मैले धेरै जोगाउनु खोजे तर सुनेन । मैले जीटीए चुनावमा नजानु भन्दा हाम्रो मान्छेले बुझेन , म उच्च – न्यायलय सम्म पुगेको हो । अहिले पहाडको अवस्था चिन्ताजनक छ । जीटीएको चौकीमा बस्नेहरु संग बिचार मिल्दैन । यो ब्यवस्था मान्नु हुदैन जीटीए हटाउ संविधान बचाउ भन्नू पर्छ अब ।

दार्जीलिङ गोर्खा पार्वतीय परिषदमा भविष्य थियो र त छैटौं अनुसूचीको सम्झौता भयो । तर जीटीएको चौकीमा बसेर जाति र माटोको कुरा गर्नु मिल्दैन ।

अब पनि बुझेन भने सन् १९८६ भन्दा अगाडि जुन अवस्था थियो दार्जीलिङ पहाडको त्यस्तै हुनेछ भनी गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो सम्बोधनको क्रममा भने। आजको सभामा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एम जी सुब्बा, मिरिक ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र खड्का , केन्द्रीय समिति सेक्रेटरी जनरल ऋषि थापा , प्रवक्ता वाई लामा गोरानासं केन्द्रीय समिति अध्यक्षा मणिकला तामाङ , गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्षा बसुन्धारा प्रधान , गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवल, गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङ केन्द्रीय समिति सदस्यगण , गोर्खा राष्ट्रिय नारी संगठनका प्रतिनिधिबर्ग , भ्रातृ संगठनका प्रतिनिधिबर्ग , गोरामुमो कालेबुङ ब्लक १,२,३ अनि ४ का सम्पुर्ण प्रतिनिधिबर्ग साथै कालेबुङका विभिन्न क्षेत्र बाट आएका जनताहरुको व्यापक उपस्थिति रहेको दिनेस साम्पाङले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ