West Bengal Election 2026
West Bengal Election 2026

भागोप्रमोद्वारा आफ्ना उम्मेद्वारको औपचारिक रुपमा घोषणा

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिका अध्यक्ष, अनित थापाले प्रेस विज्ञप्ति जारी गर्दै आगामी २३ अप्रिल २०२६ मा हुन गइरहेको पश्चिम बंगाल विधानसभा निर्वाचनमा क्षेत्रीयताको आवाजलाई सशक्त बनाउन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका आधिकारिक उम्मेद्वारहरूको नाम औपचारिक रुपमा घोषणा गरेका छन्ः जसमा २२-कालिम्पोङ विधानसभा समष्टिका लागि रूदेन सादा लेप्चा, २३-दार्जीलिङ विधानसभा समष्टिका लागि विजय कुमार राई अनि २४-खरसाङ विधानसभा समष्टिका लागि अमर लामा रहेका छन्।

पहाडका जनताका यी उम्मेद्वारहरूलाई अनित थापाले आफ्नो पक्षबाट तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेका छन्।

कालिम्पोङका उम्मेद्वार रुदेन सादा लेप्चा योभन्दाअघि पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका विधायक रहिआएका हुन्। उनले आफ्नो पक्षबाट क्षेत्रको विकासका लागि विभिन्न कार्यहरू गर्दै आएका थिए। दार्जीलिङ विधानसभा समष्टिका लागि विजय कुमार राई भने पहिलोपटक उम्मेद्वारका रुपमा मैदानमा आएका छन्। उनी एकजना साहित्यकार, समाजसेवी र गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको शिक्षा विभागमा शिक्षा विभागका अधिकारी हुन्।

अर्कोतिर २४-खरसाङ विधानसभा समष्टिका उम्मेद्वार अमर लामा अधिवक्ता र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय समितिका महासचिव हुन्।

चुनावको मितिको घोषणा हुनेसाथ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्ना उम्मेद्वारहरूको औपचारिक रुपमा घोषणा गरेको छ। यसका साथै पार्टीले केही समयअघिदेखि नै अमर लामा र विजय कुमार राईलाई लिएर आ-आफ्नो क्षेत्रमा प्रचार-प्रसार गर्दै आइरहेको छ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ