विभिन्न देशलाई पहलगाम र अपरेशन सिन्दुर बुझाउने

Share this news

विभिन्न देशलाई पहलगाम र अपरेशन सिन्दुर बुझाउन

टोलीको नेतृत्वमा हर्षबर्द्धन श्रृङ्ला

दार्जीलिङ, 18 मई (निसं): पहलगाममा भएको आतङ्कवादी आक्रमण साथै पाकिस्तान विरूद्ध भएको अपरेशन सिन्दुरको औचित्यबारे विश्वका विभिन्न देशहरूलाई बुझाउने उद्देश्य राखेर केन्द्र सरकारले गठन गरेको 8 वटा समूहमध्ये एउटा समूहको नेतृत्व दार्जीलिङे छोरो एवं पूर्व विदेश सचिव हर्षबर्द्धन श्रृङ्लाले गर्ने भएका छन्। जसमा दार्जीलिङवासी जनताले हर्ष तथा गर्व अनुभव गरेका छन्। जम्मू कश्मीरको पहलगाममा आतङ्कवादीहरूद्वारा विभिन्न राज्यका 26 जना पर्यटकको निर्मम हत्या गरिएको थियो। त्यस आक्रमण काण्डमा पाकिस्तानको हात रहेको उदाङ्गो भएपछि भारतीय सेनाले पाकिस्तान विरूद्ध अपरेशन सिन्दुरअन्तर्गत पाकिस्तानका आतङ्कवादी ठेगानाहरूमा हमला गरेको थियो। जसमा कैयौं आतङ्कवादीहरूको ज्यान गएको जनाइएको छ। पहलगाममा निर्दोष मानिसहरूको निर्मम हत्या अनि अपरेशन सिन्दुर किन गर्नपऱ्यो भन्नेबारे विश्वका विभिन्न देशहरूलाई बुझाउनका लागि नै केन्द्र सरकारले 8 वाट समूहको गठन गरेको छ. जसमा विभिन्न राजनैतिक पार्टीहरूका सांसदहरूका साथैकुटनीतिज्ञहरूलाई सामेल गरिएको जानकारी पाइएको छ। जसमध्ये एउटा समूहको नेतृत्व हर्षबर्द्धन श्रृङ्लाले गर्ने भएका छन्। देशका कुटनीतिज्ञहरूमा हर्षबर्द्धन श्रृङ्लासँगै पूर्व भारतीय राजदूत जावेद अशरफ, मोहन कुमार र सुजन चिनोय सामेल छन्। प्राप्त जानकारीअनुसार, विश्वका विभिन्न देशहरूको भ्रमणमा रहने एउटा समूहमा 5 जना सांसद र एकजना वरिष्ठ कुटनीतिज्ञ सामेल रहनेछन्। सांसद तथा कुटनीतिज्ञहरू सामेल रहने यी प्रतिनिधि मण्डलहरू आगामी 21 र 22 मईका दिन विभिन्न देशको भ्रमणमा प्रस्थान हुनेछन् भने यी प्रतिनिधि मण्डलहरूले अमेरिका, बेलायत, युरोपेली संघ, रुस, जापान, दक्षिण अफ्रिका र पश्चिम एशियाका विभिन्न देशहरूको भ्रमण गर्ने भएका छन्। यी प्रतिनिधि मण्डलहरूमध्ये एउटा टोलीको नेतृत्व नेशनल कंग्रेस पार्टी (एनसीपी)-की सांसद सुप्रिया सुले र शिवसेनाका सांसद श्रीकान्त शिन्देले गर्ने भएका छन् भने अन्य समूहहरूमा भाजपाका राजीव प्रकाश रूढ़ी, अनुराग ठाकुर, निशिकान्त दुबे, तेजस्वी सूर्या, तृणमूल कंग्रेसका कमरूल इस्लाम लगायतका नेताहरू सामेल हुनेछन्। पूर्व केन्द्रिय मन्त्री एवं कंग्रेस नेता शशि थरूरले फ्रान्स, जर्मनीका मुख्यालयहरूको भ्रमण गर्ने टोलीको नेतृत्व गर्ने जानकारी प्राप्त भएको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान