फालिएको केबल सड़कसम्म छरिएकोले जनसाधरण समस्यामा

Share this news

खरसाङ, (निसं): खरसाङको वर्द्धवान रोड किनारमा फालिएको केबलको कारण जनसाधरण, दुई चक्के सवारहरू समस्यामा परेका छन्‌़। वर्द्धवान रोडको माथिल्लो किनारमा त्यतिकै केबलको ठूलो लठारो फालिएको र फालिएको केबल सड़कसम्म लत्रिएर झरेकोले मानिसहरूले समस्याको सामना गर्न परेको हो। सड़कमा लत्रिएको केबलमा दुई चक्के सवारहरूको सवारी र खुट्टा अड़किने गरेको गुनासो छ।

यस स्थानमा फालिएको केबल मोटर बाईको गियरमा अल्झिएर झण्डै लड़ेको एक मोटर बाईक सवारले बताए। तिनले भने, यस स्थानमा अघि धेरै गाड़ी चलिरहेकोले लगभग जामको स्थिति रहेको थियो। जामको कारण केही समयको निम्ति मोटर बाईक रोक्न परेको थियो। अघिको गाड़ी चलेपछि अघि बढ़ौँ भन्दा मोटर बाईको गियरमा केबल अल्झिएको रहेछ। लड़न त लड़िएन तर मोटर बाईक द्रुत गतिमा अघि बढ़ाएको भए लड़न पनि सक्ने थिएँ। अघि गाड़ीहरू लगभग जामको स्थितिमा रहेकोले मोटर बाईक बिस्तारै अघि बढ़ाएको कारण केही भएन। यसै गरी एक पैदल हिँड़िरहेकी महिलाले पनि यस स्थानमा यसरी केबल फालिएकोले समस्या भइरहेको बताए। तिनले भने यहाँ चल्दै गाड़ीको साथमा मानिस पनि सड़कमा हिँड़न पर्ने हुन्छ। सड़कमा हिँड़दा मानिसहरूको चल्दै गरेको गाड़ीप्रति ध्यान हुन्छ. यस्तो अवस्थामा सड़कमा रहेको केबलमा अल्झेर लड़ने जोखिम रहन्छ। यसरी केबल जतासुकै सड़कमा आउने गरेर फाल्नु नहुने हो। यस्तो कुरोलाई सम्बन्धित निकायहरूले पनि ध्यान दिन आवख्यक छ।

स्मरण गराइन्छ, खरसाङ्मा अव्यवस्थित प्रकारले टाँगिएका केबलहरू एउटा समस्या बनेको छ भने समय समयमा यसरी चुड़िएका, सञ्चालनमा नआएका केबलहरु जतासुकै फालिने, लत्रिने, झुण्डिने गरेकाले जनसाधरणले थप समस्याको सामना गर्न परेको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ