कोविड 19 पछि नेताजी एसियन अध्ययन संस्थानमा शोथार्थीहरू आउने क्रम बन्द

Share this news

खरसाङ, (निसं): खरसाङको गिद्धे पहाड़मा रहेको नेताजी इन्यटिच्युट फर एसियन स्टडिज अथवा नेताजी एसियन अध्ययन संस्थानमा अध्ययन वा शोध गर्नेहरू आउने क्रम बन्द भएको छ। यस संस्थानमा कोविड 19 को महामारीको लकडाउन अघिसम्म कलकत्ताको विभिन्न एजेन्सीहरूद्वारा पठाइएका पठाइएका भए पनि अध्ययन र शोध गर्न विद्यार्थी र शोधार्थीहरू आउने गरेका थिए। लकडाउनपछि एजेन्सीहरूद्वारा पठाइएका शोधार्धी र विद्यार्थीहरू पनि आउन बन्द भएको संस्थानका प्रभारी गणेश प्रधानले बताएका छन्‌‍।

तिनले बताए अनुसार सन्‌‍ 2000 मा यस घरलाई नेताजीको नाममा समर्पण गर्दै नेताजी इन्सटिच्युट फर एसियन स्टडिज सेन्टर बनाएइएको हो। यो संस्थान पहाड़को भाषा, संस्कृति, साहित्य अध्ययनको निम्ति अध्ययन केन्द्रको रुपमा स्थापित गरिएको थियो। तर यस संस्थानबाट अथवा विभागबाट स्टडिज सेन्टरको रुपमा सञ्चालनमा नै आएन। कोरोना कालको लगडाउन अघि जति पनि शोधकर्ता अनि विद्यार्थीहरू यहाँ शोध अथवा अध्ययनको निम्ति आएर ती सबै कलकत्ताको विभिन्न एजेन्सीहरूद्वार पठाइएका थिए। कोविड कालपछि त्यो पनि पूर्ण रुपले बन्द भएको छ। यस स्थानमा पश्चिम बंगाल राज्यको विभिन्न स्थान अनि अन्य राज्यहरूबाट घुम्न आउनेहरू भने आएरहेको पनि प्रधानले बताए। यहाँ शोध अनि अध्ययन गर्न आउनेहरूको निम्ति निर्माण गरिएका गेष्ट हाउस वा स्टडिज बङ्गलोहरू वर्तमानमा खालि रहेका छन्‌‍ भने कतिपय जीर्ण बन्दै गएको पनि देखिएको छ। तथापि गणेश प्रधानले यहाँ निर्माण गरिएका गेष्ट हाउसहरू अनि यस भित्र शोध अनि अध्ययन गर्न आउनेहरूको निम्ति राखिएका फर्निचरदेखि सबै थोक अहिलेसम्म यथावत रहेको बताएका छन्‌‍।

यस संस्थानमा घुम्न आउने पर्यटकहरू भने वर्तमानमा पनि आइरहेको देखिएको छ। पर्यटकहरू यहाँ नेताजी सङ्ग्रहालयमा राखिएका फोटो, विभिन्न दस्तावेज, नेताजी सुभाषचन्द्र बोसले प्रयोग गरेका विभिन्न सामग्री, तिनले लगाएका लुगा, जुत्ता हेरेर जाने गरेका छन्‌‍। तथ्याङ्क अनुसार गिद्धे पहाड़को यो घर सुभाषचन्द्र बोसका दाजु शरदचन्द्र बोसले सन्‌‍ 1922 मा खरिद गरेका थिए। नेताजी सुभाषचन्द्र बोसले यो घरमा सन्‌‍ 1937-1937 मा समय बिताएका अनि 1939 मा यसै घरमा तिनलाई गृहबन्दी बनाएर ब्रिटिस प्रशासनले राखेको थियो। सन्‌‍ 1997 मा यो पुरानो घरको मरम्मतीको कार्य आरम्भ गरिएपछि 2000 मा मरम्मती कार्य सकेर नेताजी इन्सटिच्युट फर एसिएन स्टडिजको रुपमा तत्कालिन राज्यका मुख्यमन्त्री बुद्धदेव भट्टचार्यको बाहुलीबाट यसको उद्घाटन गरिएको थियो।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ