पहाड़बाट 7 सय भन्दा अधिक भाजपा समर्थक अनि कार्यकर्ता कलकत्ताको ब्रिगेड मैदानमा

Share this news

खरसाङ,  (निसं): भारतीय जनता पार्टीका समर्थक अनि कार्यकर्ताहरू कालेबुङ साथै दार्जीलिङ पहाड़को विभिन्न स्थानबाट कलकत्ताको निम्ति प्रस्थान गरेको छन्‌‍।
कलकत्ता प्रस्थानको अवधिमा खरसाङ्मा पत्रकारहरूसित बोल्दै, भारतीय जनता पार्टीका दार्जीलिङ जिल्ला सचिव सोनम लामाले बताए अनुसार, शनिवार भारतीय जनता पार्टीको कलकत्तास्थित ब्रिगेड मैदानमा एउटा वृहत परिवर्तन सभा आयोजन भइरहेको छ। यस सभामा समस्त बंगाल संगै दार्जीलिङ पहाड़मा पनि परिवर्तन को विगुल फुक्नको निम्ति प्रमुख वक्ताको रुपमा देशका प्रधानमन्त्री अनि भारतीय जनता पार्टीका वरिष्ठ नेता नरेन्द्र मोदीको उपस्थिति रहनेछ। यसै सभामा उपस्थित हुनको लागि दार्जीलिङ अनि कालेबुङ पहाड़को विभिन्न स्थानहरूबाट लगभग 6 देखि 7 सय समर्थक वा कार्यकर्ताहरू शुक्रवार दिउँसो एनजेपीबाट रलमा सवार भएर कालकत्ता गइरहेका छन्‌‍ भने शनिवार बिहान उक्त जनसमावेशमा भाग लिएपछि एवं मोदीको वक्तव्य सुनेपछि आइतवारको दिन सबै पहाड़ फर्किने छन्‌‍।
सोनम लामाले यो पनि जनाए कि ब्रिगेडमा हुने परिवर्तन सभाबाट आउँदो विधानसभा चुनावको निम्ति बंगालको कतिपय आसनको निम्ति उम्मेदवारहरूको चयन एवं नाम घोषणा हुने सम्भावना पनि विभिन्न मीडिया मार्फत्‌‍ जान्नमा आइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सभाबाट दार्जीलिङ पहाड़ साथै तराई डुवर्स क्षेत्रका चिया श्रमिकहरूको निम्ति पनि केही महतत्वपूर्ण घोषणा गर्ने सम्भावना पनि रहेको लामाले जनाए।
लामाले अझ जनाए अनुसार वर्तमानमा पहाड़का कतिपय दलका नेताहरुले एसआईआरलाई लिएर मानिसहरूलाई केवल दिगभ्रमित बनाउने साथै भाजपाको विरुद्धमा भड़काउने एवं उक्साउने कार्य मात्र गरिरहेका छन्‌‍। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका वरिष्ठ नेतृत्वहरूले मानिसहरूलाई एसआईआरलाई लिएर झुटो कुरो बोलेर आफ्नो राजनीति स्वार्थ मात्र पूरा गर्न खोज़िरहेका छन्‌‍ भनी लामाले आरोप पनि लगाए।
सबैले बुझ्न जरुरी रहेको छ कि दार्जीलिङ पहाड़ी क्षेत्रबाट केवल एक प्रतिशत मतदाताको नाम मात्र मतदाता सूचीबाट डिलिट भएको छ । उक्त डिलिट सटिक कागजपत्रको अभावमा वा सही समयमा सुनवाईमा नपुग्नुको कारण एवं परिवारका वा आफन्तहरूका उपनामहरू नमिलेको कारण नै केही सङ्ख्यामा नाम काटिएको छ। विभिन्न कारणहरुले गर्दा मतदाता सूचीमा धेरै जनाको नामहरू अन्डर एडज्यूडिकेशन अन्तर्गत राखिएको छ। यद्यपि यस विषयमा निर्वाचन आयोगको पक्षबाट एवं सुप्रिम कोर्टको आदेश अनुसार विभिन्न प्रक्रिया चलिरहेको छ। डिलिट भएको नाम पुन: मतदाता सूचीमा राख्नको निम्ति सठीक दस्तावेजहरूको साथमा मतदाताले पुन: आवेदन गर्न सक्ने छन्‌‍। सप्लिमेन्टरी मतदाता सूचीमा अवश्य नै सबै भारतीयको नाम आउनेछ भनी लामाले जनाए।
सोनम लामाले पहाड़को सत्तारुढ़ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्वहरूलाई अङ्कित गर्दै जुन प्रकारले एसआईआर विषयमा जनमानसलाई यी नेतृत्वहरु दिगभ्रमित साथै झुटो कुरो बताएर उक्साउने साथै भाजपा विरुद्ध भड़काउने कार्य गरिरहेका छन्‌‍, ती नेतृत्वहरूमा ज्ञानको कति कमी रहेको छ भन्ने तिनीहरू स्वयंले दर्शाइरहेका छन्‌‍। पहाड़का ज्ञान नभएका यी नेताहरूले भाजपाका कार्यकर्ता एवं नेतृत्वहरूलाई अपशब्द भन्ने गरिरहेका छन्‌‍। भाजपाको पक्षबाट उक्त अपशब्दको हामी कड़ा निन्दा गर्छौँ भने।
कतिपय पहाड़का ठूला नेताहरूले सूचीमा नाम डिलिट भएपछि, नौकरी खोसिन्छ, प्यान कार्ड, आधार कार्ड डिएक्टिवेट हुन्छ आदि दुष्प्रचार गरिरहेको छन्‌‍, प्रचार बन्द गर्नु पर्छ। हामी भारत देशको खाँटी नागरिक हैाँं, अनि देशको केही नागरिकको नाम केही कारणले गर्दा वर्तमान मतदाता सूचीमा नरहे वा अण्डर एडज्यूडिकेशन राखिएको भए पनि सठीक दस्तावेज प्रस्तुत गरिएको खण्डमा पुन: मतदाता सूचीमा राख्न सकिनेछ।
अर्कोतर्फ, नाम डिलिट भएको खण्डमा नागरिकता खोसिन्छ एवं देशबाट बाहिर पठाइन्छ भन्ने कुरो सरासर गलत रहेको छ । ज्ञानको कमीले यस्तो वक्तव्य भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका कतिपय नेतृत्वहरूले दिरहेका छन्‌‍ भनी लामाले प्रत्यारोप लगाएका छन्‌‍।
जनता सचेत हुनुपर्छ यी राजनैतिक दलकोमा कुनै मुद्दा नै छैन। विकासको नाममा केवल भ्रष्टाचार गरिएको छ एवं अहिले एसआईआरको गलत प्रचार गरेर अथवा मुद्दा बनाएर जनमानसलाई पुन: ढाँट्ने कार्य भागोप्रमोका नेतृत्वहरूले गरिरहेका छन्‌‍ भनी लामाले आरोप लगाए ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ