Draupadi Murmu North Bengal visit issue
Draupadi Murmu North Bengal visit issue

राष्ट्रपतिको भ्रमण विवाद’पछि डीएम र सीपीलाई केन्द्रले माग्यो डेपुटेशन 

Share this news

राष्ट्रपतिको भ्रमणसँग सम्बन्धित ‘प्रोटोकल विवाद’पछि दार्जीलिङका डीएम र सिलगढीका सीपीलाई केन्द्रले डेपुटेशनमा माग्यो। यसक्रममा भारत सरकारको गृह मन्त्रालयले पश्चिम बंगाल सरकारसँग दार्जीलिङका जिल्ला अधिकारीमनिष मिश्र अनि सिलगढी मेट्रोपोलिटन पुलिसका आयुक्त सी. सुधाकरलाई केन्द्रीय डेपुटेशनमा पठाउन अनुरोध गरेको छ। यो कदम राष्ट्रपति द्रौपदी मुर्मुको हालै उत्तर बंगाल भ्रमणका क्रममा भएको कथित प्रोटोकल उल्लङ्घनको विवादपछि आएको हो।

राष्ट्रपति मुर्मु गत मार्च ७ मा सिलगढी पुगेकी थिइन् जहाँ उनले अन्तर्राष्ट्रिय सन्थाल सम्मेलनमा भाग लिएकी थिइन्। प्रारम्भमा कार्यक्रम विधान नगरमा आयोजना गर्ने योजना भए पनि सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा स्थान परिवर्तन गरी सिलगढीको गोसाइपुरमा सारिएको थियो। यस निर्णयप्रति राष्ट्रपति मुर्मुले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेकी थिइन्।

घटनापछि केन्द्र सरकारले राज्य सरकारसँग विस्तृत प्रतिवेदन मागेको थियो। राज्यले प्रतिवेदन बुझाए पनि गृह मन्त्रालयले त्यसलाई सन्तोषजनक नभएको बताउँदै सम्बन्धित अधिकारीहरूलाई केन्द्रीय डेपुटेशनमा पठाउन आग्रह गरेको हो। यसैबीच पश्चिम बंगाल सरकारले मनिष मिश्रलाई दार्जीलिङका डीएम पदबाट हटाएर गृह विभागमा विशेष सचिवको जिम्मेवारी दिएको छ भने नयाँ डीएमका रूपमा सुनील अग्रवाललाई नियुक्त गरिएको बताइएको छ।

यस विषयले केन्द्र र पश्चिम बंगाल सरकारबीच नयाँ प्रशासनिक तथा राजनीतिक विवाद सिर्जना गरेको छ। राष्ट्रपति देशको संवैधानिक प्रमुख भएकाले उनको सुरक्षा वा प्रोटोकलसँग सम्बन्धित कुनै पनि त्रुटि देखिएमा केन्द्र सरकारले सम्बन्धित अधिकारीहरूलाई डेपुटेशनमा बोलाउने अधिकार राख्ने बताइएको छ।

Share this news
आजको रोजाइ
राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

आजको रोजाइ