Tea garden labour welfare
Tea garden labour welfare

आइजीजेएफ श्रमिक सङ्घद्वारा रिषिहाट/लिजाहिल म्यानेजमेन्टसँग भेट

Share this news

इन्डियन गोर्खा जनशक्ति फ्रन्ट अन्तर्गत एचएचटीडीसीएसएस लिजाहिल शाखाले रिषिहाट/लिजाहिल चिया बगानका म्यानेजमेन्ट प्रमुखसँग औपचारिक भेट–वार्ता सम्पन्न गरेको छ।
उक्त बैठकमा युनियनको तर्फबाट बगान श्रमिकहरूको हित, सुविधा तथा उनीहरूका उचित माग–सम्बन्धी विभिन्न विषयहरूमा विस्तृत छलफल गरिएको थियो। श्रमिकहरूको समस्या समाधान तथा उनीहरूको हितलाई प्राथमिकता दिँदै सकारात्मक वातावरणमा विचार–विमर्श भएको जनाइएको छ।
बैठक पश्चात शाखा सचिव शंकर प्रधान ले जानकारी दिँदै आजको छलफल फलदायी रहेको र श्रमिकहरूको पक्षमा उठाइएका विषयहरूलाई व्यवस्थापन पक्षले पनि सकारात्मक रूपमा लिएको बताउनुभयो। उक्त बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको समेत जानकारी दिइएको छ।
योभन्दा अघि केन्द्र सरकारले जारी गरेको योजनाको राशी चिया श्रमिकहरूको बैंक खाता अविलम्ब जम्मा गरिनु पर्छ भन्ने माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठनले शहरमा ब्यापक रूपमा पोस्टरिङ गरेका छन्। यसै संदर्भमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय महासचिव जतन राईले चिया श्रमिकहरूले भोट बैंकको रूपमा मात्र प्रयोग गर्दै आइरहेको छ भन्ने बताए। चिया श्रमिकहरूलाई धेरै प्रकारको समस्याहरूले सताउदै आएको छ तर चिया श्रमिकहरूको समस्याहरू पहाडको सत्ताधारी राजनैतिक पार्टीको नेतृत्वहरूले एकरति बोलेका छैनन्। गत संसदीय बजेट सेशनमा केन्द्र सरकारले चिया श्रमिकहरूको निम्ति एक हजार करोड रूपिया आवटन गरेको थियो तर यतिका वर्षहरू बितिसक्दा पनि पश्चिम बंगालको चिया श्रमिकहरू केन्द्र सरकारले जारी गरेको योजना राशी प्राप्त गर्न सकेको छैन। हामीले यस विषयमा सरकार तथा सम्बंधित विभागीय अधिकारीहरूलाई धेरै पटक पत्रचार गर्यौं तर यस बारे पहाडको सत्ताधारी पार्टीको नेतृत्वहरूले कानमा तेल हालेर बस्यो। उत्तर बंगाल तथा पहाडको चिया श्रमिकहरूले केन्द्र सरकारले जारी गरेको योजना प्राप्त गर्न सकेको छैन। देशको असम राज्यमा पनि धेरैवटा चिया बगानहरू छन्। त्यसकारण केन्द्र सरकारले जारी गरेको योजना राशीलाई 40 प्रतिशत र साठी प्रतिशतको दरले छुट्टाएको छ। असम राज्यको चिया श्रमिकहरूले केन्द्र सरकारले जारी गरेको योजना राशी प्राप्त गरिसकेको छ। असम राज्यको चिया बगानहरूमा कार्यरत श्रमिकहरूको दैनिक ज्यालामा पनि सरकारले वृद्धि गरि दिई सकेको छ तर पश्चिम बंगालको चिया बगानहरूमा कार्यरत श्रमिकहरूले केन्द्र सरकारले जारी गरेको योजना राशी पनि प्राप्त गर्न सकेको छैन। केन्द्र र राज्य सरकारको संघर्षले यहाँको चिया श्रमिकहरू पिसिनु पर्दैछ। त्यसरी नै आईजीजेएफ कार्यकर्ता ग्राम पंचायत सदस्य नेत्री लक्ष्मी राईले केन्द्र सरकारले जारी गरेको योजना राशी आजसम्म चिया श्रमिकहरूले किन पाउन सकेको छैन भन्ने विषय बारे हामीले चिया बगानको प्रबन्धकहरूसंग पनि कुराकानी गर्दैछौ अनि बगानको प्रबन्धकहरूले यस बारे सम्बंधित विभागीय अधिकारीहरूसंग कुराकानी गर्ने वचन पनि दिएको तिनले बताए। त्यसै गरी आईजीजेएफ कार्यकर्ता प्रमोद राईले केन्द्र सरकारले जारी गरेको योजना राशी असम राज्यको चिया बगानहरूमा कार्यरत श्रमिकहरूले विगत धेरै अघिनै प्राप्त गरिसकेको छ तर उत्तर बंगालको चिया बगानहरूमा आजसम्म वितरण गर्न सकेको छैन। चिया बगानमा कार्यरत श्रमिकहरू जसको पीएफको राशी कटौती भई रहेका छन, उनीहरूले केन्द्र सरकारद्वारा जारी गरेको योजना राशीको हकदार बन्न सक्छ।त्यसकारण श्रमिकहरूले आफ्नो बैंक खातासंग पीएफको लिन्क गर्न पर्ने हुन्छ। चिया श्रमिकहरूको बैंक खाता पीएफसंग सम्पर्क भएको छैन भने तुरून्तै गराउनु होस। चिया श्रमिकहरूको पक्षमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले निरन्तर रूपमा आवाज उठाउँदै आइरहेको छ।

Share this news
आजको रोजाइ
‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

आजको रोजाइ