पलबुङ, नयाँ नोरका एकतीस परिवारले समाए आइजीजेएफको झन्डा

Share this news

शुक्रबार पुल बिजनबारी गोक समष्टि अन्तर्गत पलबुङ,नयाँ नोर शाखाबाट एकतीस भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, भारतीय जनता पार्टी र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका परिवारहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टमाथि आस्था र भरोसा गर्दै झण्डा समाएका छन्।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यालय पी कोठीमा आज समर्थन कार्यक्रम सम्पन्न भयो।आयोजित समर्थन कार्यक्रममा पुल बिजनबारी गोक समष्टिको पलबुङ, नयाँ नोर शाखाका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, भारतीय जनता पार्टी र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिलाएर जम्मा एकतीस परिवारहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्ट माथि आस्था र भरोसा गर्दै पार्टीको झण्डा समाएका छन्।

पार्टीको केन्द्रीय संयोजक अजय एडवर्डसले समर्थकहरूलाई श्रद्धा लगाउँदै पार्टीमा न्यानो स्वागत जनाए। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको पुल बिजनबारी गोक समष्टिको कार्यकारी अध्यक्ष प्रमोद लावतीको नेतृत्वमा समर्थन जनाउन आएका समर्थकहरूले पहाड तराई डुवर्स तथा भारतीय गोर्खाहरूको अन्तिम आशा र भरोसा भनेको नै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा केन्द्रीय संयोजक अजय एडवर्डस रहेको बताउँदै पार्टीको भिजन र पार्टी संयोजक अजय एडवर्डसको इमान्दारितालाई घर घरमा पूराउने संकल्प लिए। दार्जीलिङ पहाडमा झूठको राजनैतिक चल्दैछ अनि यो कुरा पहाडको जनताले बुझिसकेको छ।

भारतीय जनता पार्टीले गोर्खाल्याण्डको कुरा गरेर जनतालाई अल्माउने काम गर्दै आएका छन् तर 20 वर्षसम्म पहाडबासीले आँखा चिम्लेर समर्थन जनाउदै सांसद विधायक दिँदै आएका छन् भने अर्को पन्थीले बंगाल सरकारसंग मिलेर काम गर्छु भन्दै आएका छन् तर पहाडमा भष्ट्रचार,घोटाला,भाइभतिजाबाद बाहेक अरू केही छैन।इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा केन्द्रीय संयोजक अजय एडवर्डसले पहाड तराई डुवर्स तथा भारतीय गोर्खाहरूको भविष्य सुनिचित गर्ने दिशामा लागि परेका छन।अजय एडवर्डस कुनै बोर्डमा छैन तर उनले आफ्नो गोजीको पैसा लगाएर पुल, सडक, सार्वजनिक भवन, गरीब बिमारीहरूको उपचार, गरीब विधार्थीहरूलाई शिक्षा आर्जन साथै सुविधा प्रदान गर्ने कामहरू गर्दै आएका छन।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसको यस्तै उद्दार कार्यहरूको कारणले गर्दा भारतीय गोर्खाहरूको दीर्धकालिन मागलाई उनले मात्र पूरा गर्न सक्छ भन्ने आस्था र भरोसा लिएर समर्थन गर्नेहरूको घुँइचो लागेको।

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट, पुल बिजनबारी गोक समष्टिका कार्यकारी अध्यक्ष प्रमोद लावतीले दावि गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ