केही क्षणको वर्षामा शहरमा फोहोर-मैला थुप्रियो

Share this news

खरसाङ, (निसं): बुधवार खरसाङमा केही क्षण भए पनि राम्री वर्षा भयो। भल बग्ने गरी भएको वर्षाको कारण मानिसहरूले समस्याको सामना पनि गर्न परेको थियो। वर्षाको अवधिमा शहरका नाली र कलभर्ट भलले बगाएर ल्याएको फोहोर-मैला, प्लास्टिकका थैला, पुराना कपड़ा, प्लास्टिको बोतल अनि अन्य विभिन्न फालिएका सामग्रीहरूको कारण थुनिएपछि मानिसहरूले समस्याको सामना गर्न पऱ्यो। मानिसहरूको दोकान र घर अघि यस्ता दुर्गन्धयुक्त फोहोर-मैला थुप्रिएपछि मानिसहरूले समस्याको सामना गर्न परेको थियो। खरसाङ बजारको विभिन्न नाली र कलभर्ट थुनिएर भल सड़कमा बगेकोले नगरवासीले थप समस्याको सामना गर्न परेको थियो।

खरसाङ बजारको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयतर्फ जाने बाटोको नाली यस्तै फोहोर-मैला भलले बगाएर ल्याएकोले नाली थुनिएपछि स्थानीयहरूले समस्याको सामना गर्न परेको थियो। स्थानीय एक महिलाले भलले बगाएर ल्याएको फोहोर-मैला कोट्याएर नाली खोल्ने प्रयास गरिरहेको देखियो। यसरी नै शहरको राष्ट्रिय राजमार्ग 110 को रिलायन्स स्मर्ट बजार नजिकको कलभर्ट, स्टेशनमाथिको वर्द्धवान रोड, राष्ट्रिय राजमार्गको विभइन्न स्थानको नाली र कलभर्टहरू फोहोर-मैलाले थुनिएपछि दुर्गन्धयुक्त फोहोर-मैला सड़कमा बगेको थियो। अस्पताल मोड़मा राष्ट्रिय राजमार्गको तल्लो किनारमा रहेको नालीमा अमृत योजनाको पाइप राखिएकोले वर्षाको भल नालीमा बग्न नसकेर सड़कमा बगेकोले मानिसहरूले समस्याको सामना गर्न परेको थियो। यस स्थानमा पानी भलले बगाएर ल्याएको धेरै फोहोर-मैला थुप्रिएको थियो। मन्टभियट रोड, पङ्खाबारी रोड अनि अन्य कतिपय स्थानमा भलले बगाएर ल्याएको फोहोर-मैला थुप्रिएकोले मानिसहरूले समस्याको सामना गर्न परेको थियो।

खरसाङ्मा नगरपालिकाले घर-आँगन फोहोर-मैला सङ्कलनको कार्य गरिरहेको भए तापनि नगरवासीले नाली र झोड़ामा फोहोर-मैला फाल्ने कार्य बन्द गरेका छैनन्‌‍। नाली र झोड़ामा फालिएको फोहोर-मैलाको कारणनै यसरी विगतमा पनि खरसाङवासीले समस्याको सामना गर्न परेको थियो भने वर्तमानमा यो समस्या कम भए तापनि पुर्ण रुपमा बन्द भएको छैन। वर्षाको कारण खरसाङ्को विभिन्न फुटपाथ, सड़क किनार, दोकानको पेटीमा पसल थापेर बस्ने मानिसहरूले समस्याको सामना गर्न परेको थियो। वर्षा भएपछि धेरैले आफ्नो दोकान उठाएका थिए भने कतिपयले प्लास्टिकले आफ्नो सामान छोपेर राखेका थिए। कतिपय यस्ता पसलेहरूले वर्षाको अधिमा आफ्नो सामान भिजेको गुनासो गरे। खरसाङ्मा धेरै समयपछि यसरी भल बग्ने गरी वर्षा भएको हो। वर्षा भएकोमा खरसाङ्का कतिपय मानिसहरूले प्रशन्नता प्रकट गरेका छन्‌‍। यस प्रकारको वर्षा अझ केही समयको निम्ति भएको भए शहरका नाली, झोड़ा, खोल्साहरूको फोहोर-मैला बगेर जाने थियो। शहर वरिपरि सफा हुने थियो, पानीका मुहानहरूलाई उर्जा प्राप्त हुने थियो भनी कतिपय मानिसहरूले बताए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ