एलपीजीको कमी हुने चिन्ताले मानिसहरूमा हड़बड़ी

Share this news

खरसाङ, (निसं): अब 25 दिन तरल पेट्रोलियम ग्यास नआउने हल्ला फैलिएपछि खरसाङ्का उपभोक्ताहरूले फटाफट ग्यास बिकिङ गर्न शुरु गरे। यस्तै हल्ला फैलिएकोले खरसाङ्को इण्डियन ग्यासको रोशनी ग्यास एजेन्सीको कार्यालयमा बिहानको समयमा ग्यास प्राप्त गर्न आउनेहरूको निकै भीड़ रहेको थियो भने बेलुकासम्म यस एजेन्सीमा मानिसहरू ग्यास बुक गर्न अनि ग्यास सिलिण्डर लिनलाई आइरहेका थिए। ईरान, अमेरिका, ईज्रायल युद्धपछि मानिसहरूमा पेट्रोल, डिजल, तरल पेट्रोलियम ग्यासको कमी हुन सक्ने सम्भावनाले चिन्ता बढ़ेको छ।

डुमाराम बस्तीकी एक महिलाले आगामी 25 दिनसम्म ग्यासको भरी सिलिण्डर नाआउने सुनेपछि आफूले थप ग्यास बुकिङ गरेको बताइन्‌‍। तिनले भनिन्‌‍, मैले हालैमा ग्यासको नयाँ सिलिण्डर जड़ान गरेकी छु। यसले एक महिना जति पुग्छ होला, आब 25 दिनपछि मात्र ग्यासको सिलिण्डर आउछ अरे त्यसैले अहिलेनै ग्यास बुकिङ गरेकी छु, चलाउदै गरेको सकिएपछि ठीक समयमा अर्को ग्यास आइपुग्छ। तिनले वर्तमानसम्म ग्यासको कुनै संकट आफूले भोग्न नपरेको बताउदै वर्तमानमा ग्यासको मूल्यमा भने 60 रुपियाँ बढ़ेकोले अघिको भन्दा 60 रुपियाँ अधिक भुक्तान गर्न परेको बताइन्‌‍। धोबि खोलाकी एक उपभोक्ताले पनि आगामी 25 दिनसम्म भरी ग्यास सिलिण्डर नआउने सुनेपछि आफू ग्यास लिनलाई आएकी बताइन्‌‍। तिनले पनि वर्तमानसम्म समयमा ग्यास प्राप्त गरिरहेकी बताउदै अब ग्यासको कमी हुन सक्ने सम्भावना रहेको पनि बताइन्‌‍।

यस बारेमा रोशनी ग्यास एजेन्सीका तनुज गर्गले भने, वर्तमानसम्म घरेलु तरल पेट्रोलियम ग्यासको आपूर्तिमा कुनै कमी आएको छैन। कमर्शियल ग्यासको आपूर्ति भने कम भइरहेको छ। आगामी 25 दिनसम्म भरी सिलिण्डर आउदैन भन्ने कुरो पूर्ण रूपले मिथ्या हो। ग्यासको सिलिण्डर डेलिभरी भएको 25 दिनसम्म रसिद काटिन्दैन भनिएको हो, यसलाई मानिसहरूले गलत बुझेका हुन सक्छ। ग्यासको सिलिण्डर डेलिभरी भएको 25 दिन अघि कसैले पुनः ग्यास बुकिङ गरेको खण्डमा बुकिङ त हुन्छ तर रशित काटिन्दैन। रसिद नकाटिएपछि ग्यास डेलिभरी पनि हुन सक्दैन। वर्तमानमा एजेन्सीका कार्यालयमा उपभोक्ताहरूले भीड़ लागिरहेको बारेमा बताउदै तिनले भने, मानिसहरूमा एक प्रकारको अनावश्यक पेनिक छ, विगत दुई दिनदेखि कम्पनीको सर्वर अति धिमा रहेको छ, यसो हुँदा रसित काटिएको थिएन। यसैले पनि उपभोक्ताहरू धेरै संख्यामा कार्यालयमा आएका हुन्‌‍। तिनले वर्तमानसम्म घरेलु खाना पकाउने ग्यासको आपूर्ति आवश्यक अनुरुप आपूर्ति भइरहेकोले यस विषयमा पेनिक नहुने अपिल गरे।

ईरान, अमेरिका, ईज्रायल युद्धको 11 दिन पार गरिसकेको भए तापनि अहिलेसम्म खरसाङ्मा तरल पेट्रोलिसम ग्यास, पेट्रोल अनि डिजलको कमी भएको छैन। तरल पेट्रोलियम ग्यासको मूल्यमा 60 रुपियाँ वृद्धि भएको भए तापनि पेट्रोल अनि डिजलको मूल्यमा कुनै वृद्धि भएको छैन। वर्तमानमा खरसाङ्मा पेट्रोलको मूल्य 1 सय 6 रुपियाँ 74 पैसा रहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ