Parijat birth anniversary
Parijat birth anniversary

“पारिजात” (विष्णु कुमारी वाइबा) को ९३औं जयन्ती भव्यरुपमा पालन

Share this news

नेपाली साहित्यकी विशिष्ट नारी हस्ताक्षर विष्णु कुमारी वाइबा “पारिजात” को ९३औं जन्म जयन्ती शुक्रबार भव्यरुपमा पालन गरियो। यस उपलक्ष्यमा सिलगढी सेभोक रोड स्थित पायल सिनेमा हल छेउबाट सांस्कृतिक शोभायात्राको आयोजन गरियो। जसमा सिलगढीभरिका विभिन्न सङ्घ-संस्थानका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले शोभायात्रामार्फत पारिजातप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली साहित्यमा उनले पुर्‍याएको योगदानको स्मरण गरेका थिए। आयोजकका अनुसार पारिजात जयन्ती हरेक वर्ष सिलिगढीमा मनाइँदै आएको छ। यस वर्ष पनि विभिन्न नेपाली संघ–संस्थाको सहभागितामा शोभायात्रा आयोजना गरी महान् साहित्यकार पारिजातको साहित्यिक योगदानलाई स्मरण गरिएको हो।

स्मरण रहोस्, पारिजातको वास्तविक नाम विष्णु कुमारी वाइबा हो। उनको जन्म १३ मार्च १९३४ दार्जीलिङको लिङ्गे चिया कमानमा भएको थियो। सन् १९५५ सालमा सत्र वर्षको उमेरमा पारिजात नेपाल पसेकी थिइन्, जहाँ उनले आफ्ना जीवनका अमूल्य क्षणहरु बिताइनन् उनले नेपाली साहित्यका पाठकहरुलाई अध्ययन एवं चर्चा योग्य कृतिहरु दिएर नेपाली साहित्यको श्रीबृद्धिमा अविस्मरणीय योगदान पनि पुर्‍याएकी थिइन्।

साहित्य क्षेत्रमा उनले “पारिजात” नामबाट ख्याति प्राप्त गरेकी हुन्। नेपाली साहित्यमा उनका कविता, कथा तथा उपन्यासहरूले महत्वपूर्ण स्थान ओगटेका छन्। जसमा बहुचर्चित एवं मदन पुरस्कार प्राप्त गर्न सफल उनको कृति शिरीषको फूल उपन्यास हो। नेपाली साहित्याकाशकी सर्वाधिक चर्चित लेखिका पारिजात १३ मार्च १९३४ दार्जीलिङको लिङ्गे चिया कमानमा जन्मिनु भएको हो । उनी १९५७ सालमा धरती पत्रिकामा दुईवटा कविता प्रकाशित गरी साहित्य यात्रामा निक्लेकी भएकी पारिजातको जीवन खुबै गतिशील सक्रिय र चर्चित रह्यो। ‘आकांक्षा’ पारिजातकै शब्दमा “वैचारिक तथा शैलिगत दुवै पक्षले अपरिपक्व” कृतिबाट पारिजात शिरीषको फूल र साहित्यकार अनि कलाकारहरूको समूह ‘राल्फा’ हुँदै ‘अनिदो पहाडसँगै’ प्रगतिवादी लेखनसम्म आइपुगेकी थिइन्। उनको जीवनका यिनै गतिशीलता, सक्रियता र चर्चाले मृत्युपछि पनि पारिजातलाई जीवित एवं सशक्त राखेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ