बालेनले मन्त्रालयको संख्या घटाउने तयारीः २२ बाट १५ मा सीमित गर्ने

Share this news

बालेनले मन्त्रालयको संख्या घटाउने तयारी : भावी प्रधानमन्त्री बालेन शाहले हालको २२ वटा मन्त्रालयको संरचनालाई १४–१५ वटा मन्त्रालयमा सीमित गर्ने योजना बनाएका छन्। उनका अनुसार यसरी मन्त्रालय घटाउँदा सरकारको कार्यक्षमता बढ्ने र प्रशासनिक खर्च पनि घट्ने अपेक्षा गरिएको छ।
संविधानअनुसार एउटा सरकारमा अधिकतम २५ जना मन्त्री राख्न सकिन्छ, त्यसैले मन्त्रालय संख्या घटाउन संविधान संशोधनको आवश्यकता छैन। बालेनले यो योजना आफ्ना निकट नेताहरूसँग छलफल गरिसकेका छन् र आगामी मन्त्रिपरिषद गठनमा यसलाई कार्यान्वयन गर्ने तयारीमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीको रूपमा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’लाई प्रस्ताव गरेपछि प्रतिनिधिसभा सदस्य निर्वाचनबाट मतदाताले त्यसलाई अनुमोदन गरिसकेको छ। फागुन २१ गते सम्पन्न निर्वाचनबाट रास्वपाले झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि बालेन बालेन्द्र प्रधानमन्त्री बन्दैछन्।
प्रत्यक्षतर्फका १६५ क्षेत्रको मात्रै नतिजा बाहिर आएको छ। निर्वाचन आयोगले रास्वपा उम्मेदवार किशोरी साह ‘कमल’को नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरेको थियो।
२०८२ पुस १३ गते भएको रवि लामिछाने र बालेन्द्र शाहबिचको सहमतिको ४ नम्बर बुँदामा प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने उल्लेख छ। सोही सहमतिअनुसार बालेन्द्र शाह प्रधानमन्त्री बन्ने निश्चित भएको हो।
नेपालको संविधानको धारा ७६ को उपधारा (१) मा लेखिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ ।’ झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका बालेनले प्रधानमन्त्री बन्नुअघि प्रतिनिधि सभामा बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बन्नुपर्नेछ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ५८ अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन परिणामको प्रकाशन निर्वाचन अधिकृतले गर्ने व्यवस्था गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ