Darjeeling voter list dispute
Darjeeling voter list dispute

एसआइआरमा डिलिट अनि एडजुडिकेट हुने मुद्दा गम्भीर मुद्दा होः थापा

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष एवं गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले एसआइआरमा डिलिट अनि एडजुडिकेट हुने मुद्दा गम्भीर मुद्दा भएको बताएका छन्। उनले, डिलिट हुनु भनेको सरकारको भाषामा भारतको नागरिक नहुनु हो। डिलिट भएपछि प्यानकार्ड एक्टिभ हुँदैन, आधार कार्ड एक्टिभ हुँदैन, बैंक एकाउन्टलाई धक्का लाग्छ। नौकरी गर्नेको नौकरी जाने बताए।
प्रमुख कार्यपाल अनित थापाले दार्जीलिङ्ग, कालेबुङ, मिरिक अनि खरसाङ क्षेत्रको मानिसहरूको सहयोगको निम्ति लिगल सेल सुरु गर्ने बताए। न्यायालय समक्ष विचाराधीन मुद्दालाई हेल्प लाइनले केही सहयोग गर्दैन। उनले रोहिणी क्षेत्रबाट साढे छ सौ मतदाता डिलिट हुनु भनेको यहाँको आधी मान्छे नै जानु भएको बताए।

यसअघि पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले सम्पन्न एसआइआर मतदाता सूचीमा धेरै मतदाताको नाम काटिएको घटनालाई गम्भीर मुद्दा बताउँदै सबैले राजनीति छोडेर सहयोग गर्नुपर्ने बताएका थिए। मिरिकमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै थापाले भने, “एसआईआर-को सूचीमा मतदाताको नाम हटाएर एक मतदाताको चिन्हारीलाई नै धूमिल पारेको छ। यो हाम्रो निम्ति गम्भीर कुरा हो। हाम्रो मतदाताको नाम काट्दा उसको आइडेन्टिटी नै हराएको छ। नाम काटिएको व्यक्ति को हो, कहाँ को हो त्यो नै हराएको छ।”

यसरी नै कालेबुङको भागोप्रमोका विधायक रुदेन सादा लेप्चाले, बीजेपीद्वारा एसआइआर मार्फत बङ्गालमा एउटा विशेष धर्म अपनाउने जातिलाई टार्गेट गरेको छ भने पहाडमा गोर्खा जातिलाई छताछुल्ल पार्नु खोजेको छ। बीजेपीको गोर्खामाथि सतावट भएको बताएका छन्। यसै गरी भागोप्रमोका प्रवक्ता केशवराज पोख्रेल भन्छन्, बीजेपीको राष्ट्रीय अध्यक्ष नितिन नवीनले डिक्टेट, डिलिट, डिपोर्टको स्ट्रेटेजी अपनाउने घाेषणा नै गरेका छन् भने अमित शाह स्वयंले डिलिट मात्र होइन डिपोर्ट गर्ने बयान दिएका छन्। यसको अर्थ मतदाता सूचीमा नाम नहुनेलाई खेद्ने कुरा हो।

करिब पचास हजार गोर्खाको नाम काटिएको छ या विचाराधीन छ। आज ठेगाना बिनाको सांसदले यस्तो केही होईन भन्नु फेरि गोर्खालाई भड्खालोमा हाल्नु खोज्दैछ। बीजेपीले माइक्रो अबजर्भरको नाममा विभिन्न भाजपा शासित राज्यबाट अधिकारी बङ्गालमा ल्याएका थिए। नाम डिलिट गर्नुको कारण तिनै माइक्रो अबजर्भरको काम भएको बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ