Sikkim financial default case
Sikkim financial default case

ऋण नतिरेकोमा एसबीएसले नोएल शर्मा र सीसी साङ्दार्पाको घर गऱ्यो जफ्त

Share this news

ऋण नतिरेको बताउँदै स्टेट ब्यांक अफ् सिक्किमले नोएल शर्मा र सीसी साङ्दार्पाको घर जफ्त गऱ्यो। ऋण नतिरेपछि स्टेट बैङ्क अफ सिक्किमले गान्तोक लिङ्दिङमा रहेको नोएल शर्माको घर जफ्त (अटेच) गरेको छ।

प्राप्त जानकारी अनुसार, नोएल शर्माले सन् 2019 मा ₹ 2 crore मूलधन ऋण लिएका थिए भने सन् 2021 मा थप ₹ 1 crore लिएका थिए। निर्धारित समयमा ऋण भुक्तानी गर्न असफल भएपछि ब्यांकले उनको लिङ्दिङस्थित घरमाथि जफ्त प्रक्रिया अघि बढ़ाएको हो। कानूनी प्रक्रिया अनुसार उक्त सम्पत्तिमाथि कार्वाही शुरु गरेको ब्याङ्कले जनाएको छ।

यसैगरी, अर्कोतिर सिक्किम सरकारको वन विभागकी पूर्व अध्यक्ष सीसी साङ्दार्पाको घर पनि बुधवार स्टेट ब्यांक अफ् सिक्किमले जफ्त गरेको छ। अप्पर सिच्छेमा रहेको उनको घर ऋण नतिरेकै कारण ब्यांकले जफ्त गरेको हो।

जानकारी अनुसार, सम्बन्धित ऋणीले सन् 2009 मा ₹ 1.20 करोड ऋण लिएकी थिइन्। लामो समयसम्म बक्यौता रकम भुक्तानी गर्न असफल भएपछि ब्यांकिङ नियमावली अनुसार उक्त सम्पत्तिमाथि जफ्त प्रक्रिया अघि बढ़ाइएको ब्यांकले जनाएको छ। अब ऋणीहरूले निर्धारित ऋण नतिरेसम्म यी घरहरू ब्यांककै अधीनमा हुन्छ, वा कुनै सम्झौतामा छोडिदिनेछ, यसबारेमा सूचना आउन बाँकी रहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ