स्थानीय उम्मेद्वरलाई नै विधानसभा चुनाउमा उठाउन पर्ने पेम्बा रिम्पोर्छेको सुझाउ

Share this news

खरसाङ, (निसं): यसपालीको विधानसभा चुनावमा खरसाङ्मा सबैले बाहिरबाट होइन तर आफ्नै क्षेत्रका योग्य प्रार्थीलाई चुनावमा उतार्ने धर्म गुरु पेम्बा रिम्पोर्छेले सुझाव दिएका छन्‌‍। उनले एक भिडियो जारी गर्दै क्षेत्रीयता तेसै मासिएको होइन भन्दै खरसाङ क्षेत्रमा नै विधायक र सांसद हुने योग्य व्यक्ति भएर पनि सबै पार्टीले बाहिरबाट मगाएर चुनाव लड्नु ठीक होइन भनी बताएका छन्‌‍। उनले खरसाङ्मा आफ्नै योग्य व्यक्ति रहेको बताउँदै अब पनि बाहिरबाट मगाएर चुनाव लड्ने गल्ती नगर्ने सुझाव दिएका छन्‌‍।

उनले भने, हाम्रो विकल्प छैन, हाम्रो असल विकल्प भनेको नै अजय एडवर्ड्स हो। तर उनले पनि बाहिरबाट मगाएर चुनाव लड्छ भने त्यो गल्ती हुनेछ। तर आफ्नै क्षेत्रमा रहेका योग्य प्रार्थीलाई जिताएर पठाउने तर यसपाली पनि गलत निर्णय गर्नु हुँदैन। उनले यसबाहेक पनि विभिन्न विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्‌‍। बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले भने, चुनाव नजिक आउँदैछ र सबैजना सक्रिय भईरहेका छन्‌‍। तर यसपाली विधायक चुनावमा सबै पार्टीले आफ्नै क्षेत्रमा रहेका योग्य प्रार्थीलाई चुनावमा उतार्नु पर्छ। क्षेत्रीय पार्टीले चियाबारी जीटीएमा पर्दैन भन्नेलाई उठाउन गईरहेका छन्‌‍ जुन ठीक होइन। जीटीए प्रमुखले सबैलाई सहयोग गरेकोले उनलाई हेरेर भोट नदिनु होस। यसपाली भाजपाले पनि हारे पनि जिते पनि कुनै असर पर्दैन। हाम्रो विकल्प भनेको इण्डियन गोर्खा जनशक्ति फ्रण्ट र अजय एडवर्ड्स हुन्‌‍। तर उनले पनि बाहिरबाट मगाएर चुनावमा उतार्छ भने हामी तीनवटा समष्टिमा नै स्वतन्त्र प्रार्थी उठाउनेछैाँं। जसले खरसङ्कै उम्मेद्वारलाई नै टिकट दिएर उठाउँछ भने मेरो साथ रहेनछ। तर बाहिरबाट मगाएर चुनाव लड्छ भने बरु जनताले मलाई सहयोग गर्नु होस्‌‍ म काम गरेर देखाउनेछु।

पेम्बा रिम्पोर्छेले अघि भने, जीटीए असंवैधानिक हो भन्छ तर कसैले केही गर्दैन। बरु सबैले चुनाव जितेर असंवैधानिक जीटीएलाई कोलकोता कि दिल्ली फर्काउनुपर्छ। यसपाली पनि कतिले असमबाट मगाएर चुनाव लड्छ भन्ने हल्ला छ तेसो भए खरसाङ्मा कोही छैन योग्य प्रार्थी सही निर्णय गरेर खरसाङबाट नै योग्य प्रार्थी उठाउनुपर्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ