खरसाङको गिद्धे पहाड़ क्षेत्र पर्यटन केन्द्रको रुपमा अघि बढ़दै

Share this news

खरसाङ, (निसं): खरसाङको गिद्धे पहाड़ क्षेत्र पर्यटन व्यवसाय फस्टाउदैछ। यो क्षेत्र खरसाङ्को एउटा मुख्य पर्यटन केन्द्रको रुपमा अघि बढ़िरहेको छ। पर्यटन मौसममा धेरै पर्यटकहरू यहाँ आइरहेका छन्‌‍। गिद्धे पहाड़को रक गार्डन रहेको क्षेत्रमा तीनवटा जति होमस्टे रहेका छन्‌‍। ती होमस्टेहरूमा दैनिक पर्यटकहरू आइरहेका छन्‌‍। यस क्षेत्रमा कतिपय पर्यटकहरू दार्जीलिङ तर्फ अथवा सिलगढ़ी तर्फ जाँदा घुमेर जाने गरेका छन्‌‍। यस क्षेत्रमा रहेको भ्यू पोइन्ट, नेताजी इन्सटिच्युट फर एसियन स्टडिस सेन्टर (नेताजी सङ्ग्रहालय), सेती देवी मन्दिर, भ्यू पोइन्ट मुनि रहेको चिया बगान क्षेत्रले पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ।

नेताजी सङ्ग्रहालयका प्रभारी गणेश प्रधानले बताए अनुसार सङ्ग्रहालमा दैनिक पर्यटकहरू आउने गरेका छन्‌‍। कतिपय पर्यटकहरू त बिहान नौ बजेनै आउने गर्छन्‌‍। पर्यटकहरू भ्यू पोइन्ट, नेताजी सङ्ग्रहालय अनि चिया बारीमा घुमेर जाने गर्छन्‌‍। यहाँ तीनवटा जति होमस्टो छन्‌‍, ती होमस्टोहरू छन्‌‍ ती होमस्टेहरूमा पर्यटकहरू राम्रै सङ्ख्यामा आइरहेका छन्‌‍।

भ्यू पोइन्टमा खाजा दोकान राखेर बसेकी एक महिलाले पनि पर्यटन मौसमको समयमा धेरै पर्यटकहरू आउने गरेका बताइन्‌‍। तिनले गिद्धे पहाड़ क्षेत्रमा कलकत्ता, झारखण्ड, छत्तिसगढ़, उत्तर प्रदेशदेखि बङ्गलोरसम्मका पर्यटकहरू आउने गरेको बताइन्‌‍। तिनले पर्यटन मौसममा दोकान राम्रै चल्ने गरेको त्यहाँ निर्माणाधीन रोपवेको निर्माण कार्य पुरा गरियो र सञ्चाल गरिएको खण्डमा पर्यटकहरूको संख्यामा धेरै उछाल आउने पनि बताइन्‌‍।
गिद्धे पहाड़को रक गार्डन क्षेत्रमा पर्यटनको धेरै सम्भावना देखिएको छ। राष्ट्रिय राजमार्गमाथिको चट्टानमा रक क्लाइम्बिङ जस्ता सहासी पर्यटन आरम्भ गर्न सकिने पर्याप्त सम्भावना रहेको छ। राष्ट्रिय राजमार्ग माथिको चट्टामा पुर्वाधार निर्माण गरिएको खण्डमा अझ राम्रो भ्यू पोइन्ट बन्ने पर्याप्त सम्भावना रहेको छ। रक गार्डन क्षेत्रमा निर्माण गरिएको गेष्ट हाउस वर्तमानसम्म गेष्ट हाउसको रुपमा सञ्चालनमा आएको छैन। यहाँको गेष्ट हाउस सञ्चालनमा आएको खण्डमा यसले पनि पर्यटन क्षेत्रलाई अझ अघि लैजान सक्ने सम्भावना रहेको छ। यहाँ निर्माणाधीन रोपवेको निर्माण, सञ्चालन अनि रखरखाउको निम्ति नयाँ ई-टेण्डर जारी गरिएको छ। रोपवेको निर्माण कार्य पुरा भयो र सञ्चालनमा आयो भने खरसाङ्को गिद्धे पहाड़मा एउटा मुख्य पर्यटन केन्द्र बन्ने निश्चित छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ