भागोप्रमोको बुध कमिटी गठन

Share this news

खरसाङ, (निसं): खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 1 अनि 16 मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बुथ कमिटी, अमृत 2.0 को निरीक्षण कमिटीसंगै वार्ड नम्बर 16 मा समर्थन सभा सम्पन्न भएको छ। खरसाङ नगरपालिकाको वार्ड नम्बर 16 को सुवेदार बस्तीमा सुदर्शन छेत्रीको अध्यक्षतामा सम्पन्न भएकेो सभालाई देवाशिष जोशीले सञ्चालन गरेका थिए। सभामा खरसाङ टाउन कमिटीका मूल सचिव वीरबल पाख्रिनले सभाको विषय लिएर उपस्थित वार्डवासीलाई जानकारी दिएका थिए। सभामा यसै वार्डबाट जम्मा 17 परिवारहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्‌‍। सामेल हुने 17 परिवारहरुलाई खदासंगै पार्टीको झण्डा दिएर उपस्थित पार्टीको नेतृत्वहरूले स्वागत जनाए। वक्तव्य राख्ने क्रममा महकुमा नारी शक्ति अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, खरसाङ महकुमा समिति अध्यक्ष सुभाष प्रधान, केन्द्रिय समिति सदस्य तथा खरसाङ महकुमा चुनाव प्रभारी समीर दीप ब्लोनले वक्तव्य राखेका थिए। सभामा समर्थन गरेका शीतल रसाइलीले आफ्नो विचार राख्दै समर्थन गर्नुको मुख्य कारण प्रजातन्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको निःस्वार्थ सेवा अनि जातिप्रतिकेो माया रहेको बताइन्‌‍। यसको साथै अमृत 2.0 निरिक्षणको निम्ति 16 जना सदस्यहरू लिएर कमिटी बनाइयो तथा विधानसभा चुनावको निम्ति डिंकु गुरुङ अध्यक्ष अनि कोषाध्यक्ष महेश मंग्रातीसंगै 22 सदस्यहरू लिएर बुथ कमिटी गठन गरियो। दोस्रो चरणमा वार्ड नम्बर एकको भिक्टोरिया ग्राम सुधार समिति भवनमा ब्रिगेन गुरूङ्को अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा भागोप्रमोका नेतृत्वगण क्रमैले टाउन कमिटीका मूल सचिव वीरबल पाख्रीन, नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, खरसाङ महकुमा समिति युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरूङ, सभासद श्याम शेर्पा, टाउन कमिटी अध्यक्ष राजु शर्मा अनि केन्द्रिय समिति सदस्य तथा खरसाङ महकुमा क्षेत्रका चुनाव प्रभारी समिर दिप ब्लोनले वक्तव्य राखेका थिए। सभाको सभाध्यक्षद्वारा प्रथममा वार्ड नम्बर एकको प्रत्येक भेगबाट छनौट गरी 21 सदस्य लिएर अमृत 2.0 केो निरीक्षण कमिटी गठन गरिएको छ। यसको साथै आगामी विधानसभा चुनावको निम्ति संयोजक विकास तामाङसंगै 35 जना सदस्यहरू लिएर बुथ कमिटी गठन गरियो सभामा उपाध्यक्ष सञ्जय मुखिया, सांगठनिक सचिव मैत्र सेन शर्मा, सह सचिवद्वय रामोद गुरुङ्ग र विकास तामङ कोषाध्यक्ष राजेन प्रधान, पासङ योल्मो टाउन कमिटी नारी शक्ति उपाध्यक्ष नीतू गुरुङ, सह सचिवद्वय अञ्जु कार्की र डोमा शेर्पा, कार्यकारिणी सदस्य तारा दर्नाल उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ