नारीवादी चलचित्र प्रदर्शन गरियो

Share this news

खरसाङ, (निसं): अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खरसाङ महाविद्यालयमा नारीवादी चलचित्र ‌‘विन्डो सिट‌’को विशेष प्रदर्शन गरियो। यसै अवसरमा समाज विकासको क्षेत्रमा सक्रिय रहेका पाँचजना महिलाहरूलाई सम्मान जनाइयो, जसमा आकाशवाणी खरसाङकी पूर्व वरिष्ठ कार्यक्रम प्रस्तोता तथा लेखिका छिमी अङ्मु लामा, बालबालिकाहरूको सुरक्षा र विकासको क्षेत्रमा कार्यरत ईशा लेप्चा, महिलाहरूको खेलकूदको विकासमा कार्यरत रिचाबाला छेत्री, पर्यटनको क्षेत्रमा कार्यरत प्रेक्षा शर्मा र अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा सिल्भर मेडल जितेकी निशा रावतलाई ससम्मान स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

यस अवसरमा विशिष्ट अतिथिहरूमा जीटीएका सूचना अनि संस्कृति विभागका भारप्राप्त सभासद अनोश थापा, सभासद श्याम शेर्पा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महासचिव अमर लामा, वरिष्ठ समाज सेवक टी टी लामा, डीआईसीका पूर्व महाप्रबन्धक निमा लामा उपस्थित थिए। कार्यक्रमका एक आयोजक श्रद्धा छेत्रीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूका साथमा पुरुषहरूलाई पनि शुभकामना जनाइन्‌‍। परिवार र समाजको जीवनचक्र महिला र पुरुषको बराबरीको सहभागितामा चल्ने श्रद्धा छेत्रीले बताइन्‌‍।

उनले पुरुषहरूमा पनि ‌‘सानैदेखि छोरा मान्छे भएर रुनु हुँदैन‌’, ‌‘छोरा भएर आँटिलो हुनुपर्छ‌’ भन्ने एक किसिमको मानसिक दबाव पर्ने फरक किसिमको आफ्नो विचार उजागर गरिन्‌‍। उनले पुरुषहरूको मानसिक स्वास्थ्यबारे पनि कुरा उठाइन्‌‍। अमर लामाले आफ्नो छोटो वक्तव्यमा चलचित्रको क्षेत्रमा पहाड़मा राम्रा प्रतिभाहरू आइरहेको बताउँदै खुशी प्रकट गरे उनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबै महिलाहरूलाई शुभकामना जनाए। छिमी अङ्मु लामाले आफ्नो कथाहरूमा सधैं नारीवादलाई प्रमुखता दिएर नारीहरूको संघर्षलाई प्रमुखता दिने गरेको बताइन्‌‍। चलचित्र ‌‘विन्डो सिट‌’का निर्देशक वाङ्गेल शेर्पाले चलचित्रको बारेमा संक्षिप्तमा बताए। यस कार्यक्रममा चलचित्र ‌‘विन्डो सिट‌’ प्रदर्शन हुनअघि खरसाङ महाविद्यालयका विद्यार्थीहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रम महाविद्यालयका विद्यालय विद्यार्थीहरूको विशेष सहयोगीतामा आयोजना गरिएको थियो। कार्यक्रममा चलचित्र ‌‘विन्डो सिट‌’का कलाकारहरूको पनि उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ