चौथो गोर्खा चेली महिला फुटबल टुर्नामेन्टको विजेता स्टार वरियर झारखण्ड

Share this news

खरसाङ, (निसं)ः खरसाङ फुटबल एसोसिएशनको आयोजनामा अनि जीटीएको खेल एवं युवा मामिला विभागको लहयोगमा खरसाङ्को चानमारी खेल मैदानमा सम्पन्न भइरहेको चौथो गोर्खा चेली महिला फुटबल खेल 2026 को फाइनल खेल आइतवार सम्पन्न भयो। 25 फरवरीदेखि आरम्भ गरिएको यस टुर्नामेन्टको फाइनमा स्टार वारियर, झारखण्ड अनि सिक्किमको एसएसएजी सोरेङ्माझ रोमाञ्चक भिड़न्त भयो।

खेलको पहिलो हाफमा स्टार वारियरका खेलाड़ीहरूको निकै दबाव देखिएको थियो। यस टीमका खेलाड़ीहरूले आफ्नो उत्कृष्ट खेलको प्रदर्शन गर्दै खेलेका थिए अनि विपक्षको गोलपोष्टमा बारम्बार आक्रमण गरेका थिए। बारम्बार आक्रमणको फलस्वरुप यस टीमकी खेलाड़ी अलिजा लाक्रा, राधिका कुमारी अनि हेमन्ती बिन्नी कुमारीले खेलको पहिलो हाफमा एक-एक गोल छिराएर टीमलाई शुन्यको विरुद्धा तीन गोलले अघि बनाए।

खेलको दोस्रो हाफमा सिक्किम सोरेङ्का खेलाड़ीहरूले खेललाई आफ्नो पक्षमा बनाउनको निम्ति निकै प्रयास गरे। यस टीमका खेलाड़ीहरूले स्टार वरियर झारखण्डको गोल पोष्टमा गोल छिराउने प्रयास पनि गरे तर स्टार वरियरका रक्षा पङ्तिका खेलाड़ीहरूले आक्रमणलाई विफल बनाइदिए। लगतार आक्रमण गर्दा सिक्किम सोरेङ्की हेमलता छेत्रीले एक गोल गरिन्‌‍। खेलको अन्तिम सिटी रेफ्रीले फुक्दा थप गोल कुनै टीमले गर्न सकेन, फलस्वरुप स्टार वारियर, झारखण्डले सिक्किम सोरेङलाई 1 गोलको विरुद्धमा 3 ले जितेर चौथो गोर्खा चेली महिला फुटपल टुर्नामेन्ट 2026 को च्याम्पियन बन्यो।

फाइनल खेलको उत्कृष्ट खेलाड़ी स्टार वरियर झारखण्डकी यमुना पर्तीलाई तिनको उत्कृष्ट खेलको निम्ति चयन गरियो। तिनलाई पारितोषिक अनि उत्कृष्ट खेलाड़ीको ट्रफी प्रदान गरियो। यस टुर्नामेन्टको उत्कृष्ट गोलकिपर हिमालयन एफसीकी रेश्मा सुब्बा, सर्वाधिक गोल गर्ने खेलाड़ी सिक्किम सोरेङ्की सिम्रन गुरुङलाई चनय गरियो, तिनले जम्मा 4 गोल गरेकी थिए अनि टुर्नामेन्टको उत्कृष्ट खेलाड़ी स्टार वरियर झारखण्डकी हेमन्ती कुमारीलाई चयन गरियो। फाइनल खेलमा प्रमुख अतिथिको रुपमा प्रमुख अतिथिको रुपमा जीटीए प्रमुखका मुख्य सल्लाहकार अमर लामा, विशिस्ट अतिथिको रुपमा जीटीए मुख्य कार्यपाल अनित कुमार थापा, सभासद नवराज छेत्री, तपन मुखर्जी, ईडी तोप्देन लामा, सन्जित थापा, अञ्जना गुरुङ, उज्जवल गजमेर, सन्त एन्थोनी स्कूलका डाइरेक्टर चेतन तिवारी, सन्त अगस्तिन स्कूलका डाइरेक्टर अरुण गुरुङ, समाजसेवी टीटी लामा, केएसएका उपाध्यक्ष फुर्वा लामा अनि अन्यान्य उपस्थित रहेका थिए। विजेता टीम, उपविजेता टीम, उत्कृष्ट खेलाड़ीहरूलाई प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट ट्रफी, प्रमाण पत्र, नगद राशि, मेडल, स्मृति चिन्ह प्रदान गरियो।

प्रमुख अतिथि अमर लामाले आफ्नो संक्षिप्त सम्बोधनमा खरसाङले चाँड़ै एउटा खेल मैदान पाउने बताए। फाइल खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू प्रतीक गुरुङ, प्रमोद प्रधान, नितेश देवानले गरेका थिए भने फोर्थ अफिसियलमा अरविन्द छेत्री, म्याच कमिश्नर इन्द्र पी लामा, धर्मराज राणा, अशोक लामा अनि दिनेश थापा रहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ