भारतका विकेटकिपर ब्याट्सम्यानले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द टुर्नामेन्ट’ पुरस्कार जितेका छन्। प्रतियोगिताभरि निरन्तर उत्कृष्ट खेल प्रदर्शन गरेका स्यामसनले भारतलाई ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका हुन्।
उनको प्रदर्शनको प्रशंसा गर्दै भारतीय क्रिकेटका दिग्गज खेलाडी ले स्यामसनलाई “सबैभन्दा योग्य प्लेयर अफ द टुर्नामेन्ट” भन्दै बधाई दिएका छन्। कोहलीले सामाजिक सञ्जालमार्फत स्यामसनको मेहनत र प्रदर्शनको खुलेर प्रशंसा गरेका हुन्।
यसैगरी भारतीय क्रिकेटका महान् खेलाडी Sachin Tendulkar ले पनि स्यामसनको साहसिक ब्याटिङ र निरन्तर प्रदर्शनको प्रशंसा गरेका छन्। प्रतियोगिताको कठिन समयमा टोलीलाई जिततर्फ डोर्याउन स्यामसनले महत्वपूर्ण इनिङ्स खेलेका थिए।
विश्वकपको क्रममा स्यामसनले वेस्ट इन्डिजविरुद्ध अविजित ९७ रन तथा सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध ८९ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए। यी इनिङ्सहरूले भारतलाई प्रतियोगितामा बलियो अवस्थामा पुर्याउन ठूलो योगदान पुर्याएका थिए।
यसरी, सुरुवाती निराशापछि सानदार पुनरागमन गरेका स्यामसन अहिले भारतीय क्रिकेटका प्रमुख नायकका रूपमा उभिएका छन् र उनका प्रदर्शनले क्रिकेट जगतभर चर्चा बटुलेको छ।












