मुख्यमन्त्री तामाङ र प्रधानमन्त्री मोदी बीच भेटवार्ता २९ मईमा प्रधानमन्त्रीले गान्तोकको भ्रमण गर्ने आधिकारिक पुष्टि

Share this news

गान्तोक, २० मई (निस): सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ तथा स्वर्णजयन्तीको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यको भ्रमण गर्ने समाचारबीच आज मुख्यमन्त्री प्रेमसिंह तामाङले नयाँ दिल्लीमा प्रधानमन्त्रीसित शिष्टाचार भेट गरेर आधिकारिक रुपमा निम्तो दिएका छन्। मुख्यमन्त्रीको निमन्त्रणालाई प्रधानमन्त्रीले सहर्ष स्विकारेका छन्। यसको साथै आगामी २९ मईको दिन प्रधानमन्त्री मोदीको गान्तोक भ्रमणको आधिकारिक पुष्टी भएको छ। यसको जानकारी स्वंय मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा दिएका छन्।
अर्कोतिर यहाँ गान्तोकमा प्रधानमन्त्रीको भ्रमणलाई लिएर तयारी युद्धस्तरमा चलिरहेको छ। राज्य सरकार आफ्नो स्तरमा तयारीमा लागेको छ भने सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाले पनि आफ्नै स्तरमा तयारी गरिरहेको छ। यसको निम्ति दुवै निकायले निरन्तर सभाहरू गरिरहेको छ। यसै क्रममा मन्त्री अरुण उप्रेतीको अध्यक्षतामा आज देउरालीस्थित उनकै निवासस्थानमा एसकेएम पार्टीको एउटा बैठक बसेको थियो।
आज नयाँ दिल्लीमा भएको भेटवार्तामा मुख्यमन्त्री तामाङले भारतीय सेनाको आतङ्कवाद विरुद्ध हालको सफल अपरेशन सिन्दूरको निम्ति सिक्किम अनि सिक्किमवासीको पक्षमा प्रधानमन्त्रीलाई बधाई दिएका छन्। उनले यसलाई आतङ्कवाद विरुद्ध भारतको महत्वपूर्ण कोशेढुङ्गा बताएका छन्। यस अपरेशनको सफलताले राष्ट्रीय गौरव साथै शान्ति अनि सुरक्षाप्रति प्रतिवद्ध राष्ट्रको रुपमा भारतको विश्वव्यापी स्थितिलाई अझ बलियो बनाउने उनको भनाइ रहेको छ। यसको साथै सिक्किम राज्यलाई निरन्तर सहयोग र मार्गदर्शनको निम्ति पनि मुख्यमन्त्री तामाङले राज्य अनि राज्यवासीको पक्षमा प्रधानमन्त्री मोदीलाई विशेष धन्यवाद दिए।
मुख्यमन्त्री तामाङले प्रजातन्त्रको स्वर्णजयन्तीको यस विशेष अवसरलाई सफल अनि स्मरणीय बनाउन साथै प्रधानमन्त्रीलाई भव्य स्वागत जनाउन सम्पूर्ण राज्यवासीलाई एक भएर अघि आउने अपील गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ