खरसाङ, (निसं): खरसाङस्थित गोर्खा जनपुस्तकालय भवनको गोर्खा डा. पारसमणि प्रधान प्रेक्षागृहमा खरसाङ सार्की समाजको खरसाङ महकुमा समितिको आयोजनामा सम्वर्द्धना कार्यक्रम सम्पन्न भएको छ। उक्त सम्वर्द्धना कार्यक्रमको अध्यक्षता अर्जुन सार्कीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा सार्की विकास बोर्डका चेयरम्यान सदीप सार्की उपस्थित रहेका थिए। कार्यक्रमलाई सचिव रवि तोलाङ्गीले सञ्चालन गरेका थिए। उक्त सम्वर्ध्दना कार्यक्रममा दार्जीलिङ्का ख्यातीप्राप्त संगीतकार चन्दन लम्जेललाई बंग भूषण पुरस्कार प्राप्त गरेकोमा उनलाई बधाई तथा शुभकामनासहित सम्वर्ध्दना जनाइएको छ।
यस समारोहमा समाजका वरिष्ठ दुई सदस्यद्वय मंगल सार्की र केबी लम्जेल अनि निक्की मंग्रातीलाई पनि सम्मान जनायो। कार्यक्रममा समाजको सबै सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा सबैको सम्मान पत्र रवि तोलङ्गीले पठन गरेका थिए भने सम्मान पत्र सहल्लाहर कुबीर सार्की, मंगल सार्कीको बाहुलीबाट शल र ढाका टोपी लगाएर प्रदान गरिएको थियो। केबी लम्जेललाई कुमार बेसलको बाहुलीबाट टोपी र शल ओड़ाएर मधु मंग्रातीले सम्मान जनाएकी थिए। त्यसरी नै निक्की मंग्रातीलाई शल र टोपी ओड़ाएर अनि उर्मिला मंग्रातीको बाहुलीबाट सम्मान पत्र प्रदान गरिएको थियो। यसको साथै हालैमा बंग भूषण पुरस्कार प्राप्त गर्ने समाजको गौरव वरिष्ठ संगीतकार चन्दन लम्जेललाई शल, टोपी मधु मंग्रातीको बाहुलीबाट प्रदान गरिएको थियो।
यसको साथै प्रमुख अतिथि सदीप सार्कीको बाहुलीबाट सम्मान जनाएको थियो अनि समाजका सबै सदस्यहरूबाट पनि उनलाई खदा लगाएर सम्मान जनाएको थियो। कार्यक्रममा वरिष्ठ संगीतकार चन्दन लम्जेलले वक्तव्य राख्दै एकछिन भावुक बने अनि उनलाई बंग भूषण पुरस्कार प्राप्त भएको र यो पुरस्कार राज्यको सबैभन्दा ठूलो पुरस्कार रहेको बताउदै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट यो पुरस्कार प्राप्त गरेको जानकारी गराए। उनले आउने दिनमा पनि समाजको लागि धेरै काम गर्ने बिचार राखे। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सार्की विकास बोर्डका चेयरम्यान सदीप सार्कीले पनि सम्बोधन गरेका थिए। कार्यक्रमको अध्यक्ष अर्जुन सार्कीले सबै सबैलाई धन्यवाद दिएका थिए।












