सरकारी विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा चिन्ता जनक कमी

Share this news

खरसाङ, (निसं) खरसाङका सरकारी विद्यालयहरूमा विद्यार्थीहरूको संख्या घटने क्रम चिन्ताजनक रहेको छ। यस्तै प्रकारले यी विद्यालयहरूमा विद्यार्थीहरूको संख्या घटने क्रम जारी रहेको खण्डमा आगामी समय यी विद्यालयहरू बन्द हुन सक्ने सम्भावना देखिएको छ।

खरसाङको सय वर्ष नाघिसकेको एक सरकारी विद्यालयका शिक्षकसित विद्यालयमा कति विद्यार्थी छन्‌‍ भनी प्रश्न गर्दा तिनले वर्तमानमा विद्यार्थीहरूको संख्या निराशाजनक रहेको बताए। तिनले 11 अनि 12 कक्षामा विद्यार्थीहरूको संख्या ठीकैको रहे तापनि माध्यमिक तहमा विद्यार्थीहरूको संख्यामा धेरै कमी रहेको बताए। तिनले कतिपय कक्षामा 3-4 जना मात्र विद्यार्थी रहेको पनि बताए। यसै गरी खरसाङ्को एक अन्य विद्यालयमा वर्तमानमा विद्यार्थीहरूको संख्या धेरै कम रहेको र कतिपय कक्षामा विद्यार्थी नरहेको थाहा लागेको छ।

खरसाङ्मा सय वर्ष भन्दा अधिक समयदेखि सञ्चालित कतिपय प्रथमिक पाठशालाहरू विद्यार्थी नरहेकोले बन्द भइसकेका छन्‌‍। यस्तै अन्य धेरै प्राथमिक पाठशालाहरूमा विद्यार्थी छैन। ती पाठशालाहरूले जसोतसो विद्यार्थीहरूको संख्या रजेस्टरमा देखाएर चलाइरहेको थाहा लागेको छ। खरसाङ्को नगरपालिका गर्ल्स पाइमेरी स्कूल अनि नगरपालिका प्राइमेरी बोइज स्कूलमा धेरै ख्याती प्राप्त व्यक्तिहरूले अध्ययन गरेका थिए। यी प्राथमिक पाठशालामा पढ़ेकाहरू मध्ये धेरै उच्च ओहदामा पुगेर शेवानिवृत्त भइसकेका छन्‌‍ अथवा सेवामा रहेका छन्‌‍। यी दुवै प्राथमिक पाठशाला धेरै अघि बन्द भइसकेका छन्‌‍। यसरी ख्याती कमाएका प्राथमिक पाठशाला अथवा माध्यमिक विद्यालयहरू बन्द हुनु भनेको ठूलो चिन्ताको विषश रहेको छ।

त्यसो त खरसाङ्मा आईसीएसई विद्यालयहरू बन्द भइसकेका छन्‌‍। सञ्चालनमा रहेका आईसीएसई विद्यालयहरूमा पनि बाहिरका विद्यार्थीहरूको संख्यामा कमी आएको र यो क्रम घटदै गएको छ। अघिको समयमा शिक्षको केन्द्र भनेर चिनिने खरसाङ्का सरकारी, गैरसरकारी विद्यालयहरूमा यसरी विद्यार्थीहरूको संख्यामा लगतार कमी आउनुको कारण पत्ता लगाएर यसको उपायहरू निकाल्ने कार्यमा व्यवस्था पछि परेको धेरैको गुनासो छ। वर्तमानमा अभिभावकहरू आफ्नो छोरा-छोरीलाई अंग्रेजीमा अनि गुणस्तरीय शिक्षा दिन चाहान्छन्‌‍। छोरा-छोरीलाई अंग्रेजीमा गुणस्तरीय शिक्षा दिनकै निम्ति धेरै अभिभावकहरूले आफ्नो जीवनको कमाईको ठूलो हिस्सा खर्चा गरेर निजी विद्यालयहरूमा पठाइरहेका छन्‌‍। सरकारी विद्यालयहरूमा पनि यस्तै गुणस्तरीय शिक्षा प्रदान गरिएको खण्डमा अभिभावकहरूले अवश्यै आफ्नो छोरा-छोरीलाई सरकारी विद्यालयमा पठाउनेछन्‌‍ भन्ने मानिसहरूको भनाइ रहेको छ। धेरै वर्ष अघिबाटै पहाड़का सबै विद्यालयहरूमा अंग्रेजी माध्यममा शिक्षा प्रदान गरिन्छ, अग्रेजी माध्यममा शिक्षा प्रदान गरिन्दै गरिएको भए तापनि गुणस्तरीय शिक्षाको निम्ति सरकारी तौरमा कार्य गर्ने खाँचो देखिन्छ।

खरसाङ्को दुईवटा मिशनेरी विद्यालयहरू सन्त अल्फन्सस्‌‍ उच्चतर माध्यमिक विद्यालय अनि सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयमा भने विद्यार्थीहरूको संख्यामा त्यस्तो धेरै कमी आएको छैन। अहिले पनि यी विद्यालयहरूमा पर्याप्त विद्यार्थी अध्ययनरत छन्‌‍। सन्त अल्फन्सस्‌‍ अनि सन्त जोसेफ प्राइमेरी स्कूलमा पनि विद्यार्थीहरूको संख्या पर्याप्त रहेको छ। यी प्राथमिक पाठशालाहरूमा खरसाङ बजार क्षेत्र मात्र नभएर टाढ़ा-टाढ़ाबाट विद्यार्थीहरू गाड़ी चढ़ेर पढ़न आइरहेका छन्‌‍। यस मानेमा हेर्ने हो भने गुणस्तरीय शिक्षा प्रदान गरिएको खण्डमा अभिभावकहरूले आफ्नो छोरा-छोरीलाई अवश्यै सरकारी विद्यालयहरूमा पठाउनेछन्‌‍। गुणस्तरीय शिक्षाको अतिरिक्त वर्तमानमा परिवारमा कम सन्तान, परिवारमा आर्थिक क्षमतामा वृद्धिलाई पनि सरकारी विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा कमी आउनुको कारण मान्न सकिन्छ। तर धेरैले आफ्नो छोरा-छोरीलाई जीवनभरको कमाईको ठूलो हिस्सा खर्च गरेर निजी विद्यालयहरूमा पढ़ाइरहेको देख्दा सरकारी विद्यालयहरूमा गुणस्तरीय शिक्षाको व्यस्था गरिएको खण्डमा अवश्यै सरकारी विद्यालयहरूमा विद्यार्थीको संख्यामा बढ़ेत्तरी हुने सम्भावना देखिन्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ