गोरामुमो सुकिया मानेभञ्ज्याङ समष्टि, पोख्रेबुङ चामुङ समष्टिको अनि नागरी धजे समष्टिको संयुक्त साङ्ठनिक सभा आयोजन गरिएको थियो।गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत सुकिया मानेभञ्ज्याङ समष्टि, पोखरेबुङ–चामुङ समष्टि अनि नागरी–धजे समष्टिको संयुक्त सांगठानिक सभा सुकमाया मानेभञ्ज्याङ रोड सार्वजनिक भवनमा सम्पन्न भयो।उक्त सभामा सुकिया मानेभञ्ज्याङ समष्टिका अध्यक्ष अशोक बराइलीको अध्यक्षतामा सभा सञ्चालन गरियो। सभामा अध्यक्ष, सचिव तथा विभिन्न समष्टिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एम.जी. सुब्बाको विशेष उपस्थिति रहेको थियो। साथै सांङ्ठनिक सभामा दार्जीलिङ ब्राञ्च कमिटी उपाध्यक्ष गाइस सुब्बा, गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्षा बसुन्धारा प्रधान, गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवाल, केन्द्रीय कार्यालय सचिव अमर तामाङ, केन्द्रीय मुख्य सचिव पूरण राई, तथा समष्टि अध्यक्षहरू निगम कार्की र रोशन राई लगायतका नेतृत्वहरूको पनि उपस्थिति रहेको थियो।
सभामा समष्टि प्रतिनिधिहरूको व्यापक सहभागिता देखिनुका साथै संगठनलाई अझ सुदृढ र सक्रिय बनाउने विषयमा महत्वपूर्ण छलफल गरिएको थियो। आगामी दिनहरूमा संगठनलाई अझ बलियो बनाउँदै जनताको हक–अधिकारका निम्ति एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरियो।
सभालाई सम्बोधन गर्ने क्रममा ब्राञ्च कमिटी अध्यक्ष एम जी सुब्बाले भने, गोरामुमोको प्राथमिकता चुनाव होइन , हाम्रो प्राथमिकता भनेको गोर्खा जातिको मुद्दा हो , चुनाव आँउछ अनि जाँन्छ । यो हाम्रो अन्तिम लडाइँ हो अब यहीँ नेतृत्वमा गोर्खा जातिले न्याय पाउनु पर्छ । यसको निम्ति गर्नुपर्ने कार्यहरु गोरामुमोले गरिसकेका छन् । नानाथरीको चानचुने ब्यवस्थामा भुलिनु हुदैन सबै एक भयो भने भारत सरकारले सुन्छ र हामी सफल हुन्छौं । भारत सरकारले मुख खोल्नु पर्छ । भारतको संविधानको प्रवधान अनुरुप हामीले न्याय पाए पछि राजनीति गर्दा हुन्छ ।
हामीले कुनै ब्याक्ती विशेषको बिरोध गरेको होइन तर ब्यवस्थाको बिरोध गरेको हो । अहिलेको ब्यवस्थाले तपाईं हामीलाई लथालिङ्ग बनाएकोछ । फेरि पनि कतिपय राजनैतिक दलहरु थोत्रे ब्यवस्था माथी र्याल चुहाउदै छ । अब यसरी गोर्खाहरुको भाग्य बिगार्नु हुदैन । सबै एक भयो भने सरकारले पनि हाम्रो कुरा सुन्छ र हामीले न्याय चाडैं पाउछौ । राजनीति भन्दा माथी उठेर सर्वप्रथम गोर्खा भएर सोच्नु पर्छ । हामीले के गर्दा चाहिँ हाम्रो भविष्य असल हुन्छ अब सवैले त्यो सोच्नु पर्ने हुन्छ । सबै एक हुनु पर्छ भनी एम जी सुब्बाले आजको सांङ्ठनिक सभा बाट सबैलाई अपिल गरे ।












