Droupadi Murmu Darjeeling visit
Droupadi Murmu Darjeeling visit

दार्जिलिङ भ्रमणमा राष्ट्रपति द्रौपदी मुर्मू, प्रोटोकल उल्लङ्घन गरेको आरोपमा पश्चिम बंगाल सरकारमाथि आलोचना

Share this news

भारतकी राष्ट्रपति द्रौपदी मुर्मु ले शनिबार दार्जिलिङ जिल्लाको विधाननगर क्षेत्रको भ्रमण गर्दै सन्तोषिनी विद्याचक्र विद्यालयको प्रवेशद्वारमा वृक्षारोपण गरेकी छन्। राष्ट्रपतिको यस भ्रमणलाई स्थानीय आदिवासी समुदायसँग भेटघाट तथा उनीहरूप्रति सम्मान प्रकट गर्ने उद्देश्यसँग जोडेर हेरिएको छ।

दार्जिलिङका सांसद राजु विष्ट ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार फाँसिदेवाको विधाननगरमा अन्तर्राष्ट्रिय सन्थाल सम्मेलन आयोजना गर्ने तयारी गरिएको थियो। तर पश्चिम बंगाल सरकार तथा प्रशासनले आदिवासी बहुल क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको आरोप लगाउँदै सम्मेलनको स्थान परिवर्तन गर्नुपरेको जनाइएको छ।

सांसद बिष्टका अनुसार राष्ट्रपति मुरमु करिब ३० किलोमिटर यात्रा गरेर विधाननगर पुगेकी थिइन् र स्थानीय आदिवासी समुदायसँग भेटघाट गरेकी थिइन्। उनले राष्ट्रपतिको उपस्थितिलाई क्षेत्रका जनताका लागि सम्मानको विषय भएको उल्लेख गर्दै कृतज्ञता व्यक्त गरेका छन्।

यसैबीच बिष्टले राष्ट्रपतिको भ्रमणका क्रममा पश्चिम बंगाल सरकारले आवश्यक शिष्टाचार र प्रोटोकल पालना नगरेको आरोप लगाएका छन्। उनका अनुसार सामान्यतः राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा मुख्यमन्त्री, मुख्य सचिव वा वरिष्ठ मन्त्री उपस्थित हुने प्रोटोकल रहे पनि उक्त अवसरमा राज्य सरकारका कुनै पनि मन्त्री उपस्थित नभएको उनले बताएका छन्।

सांसद बिष्टले यस घटनालाई राष्ट्रपतिको मात्र नभई सम्पूर्ण देशका नागरिक, सन्थाल तथा आदिवासी समुदायप्रति अपमानजनक व्यवहार भएको टिप्पणी गरेका छन्। उनले दार्जिलिङ पहाड, तराई र डुआर्स क्षेत्रका जनभावनाप्रति राज्य सरकारले पटक–पटक बेवास्ता गरेको आरोपसमेत लगाएका छन्।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ