एसआईआर सम्बन्धमा भारतीय जनता पार्टीद्वारा महकुमा शासकलाई ज्ञापन

Share this news

खरसाङ , (निसं): भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला समितिको एक प्रतिनिधि मण्डलले बिहीवार खरसाङ महकुमा शासकसित भेट गरी वर्तमानमा चलिरहेको मतदाता विशेष गहन संसोधन (एसआईआर) को सूची सम्बन्धमा एक ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा विशेष गरी मतदाता नामावलीबाट नाम हटाइएको तथा न्यायिक जाँचको प्रक्रियामा (अण्डर एडजुडिकेशन) मा राखिएका विषयमा ध्यानाकर्षण गराइएको जानकारी प्राप्त भएको छ। भाजपा प्रतिनिधि मण्डलले एसआईआर सम्बन्धमा धेरै वास्तविक तथा योग्य मतदाताहरूको नाम मतदाता सूचीबाट हटाइएको वा न्यायिक जाँचको प्रक्रियामा राखिएको विषयले जनतामाझ अन्योल र चिन्ता उत्पन्न गरेको उल्लेख गर्दै यस विषयमा प्रशासनले गम्भीरतापूर्वक छानबीन गर्नुपर्ने माग गरेको छ।

ज्ञापन पत्रमार्फत सम्बन्धित अधिकारीहरूलाई मतदाता सूचीको पारदर्शी रूपमा पुनः जाँच गरी वास्तविक मतदाताहरूलाई कुनै प्रकारको अन्याय वा असुविधा नहोस्‌‍ भन्ने सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गरिएको छ। यस टोलीमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला उपाध्यक्ष आरबी लामा, महासचिव सोनाम लामा, सचिव निरज थापा, विनय प्रसाद, श्याम बस्नेत , बीएलए रोमा ठटाल, पञ्चायत समिति सदस्या एंव भाजपा खरसाङ गिद्ध पहाड़ मण्डल सभापति दिक्षा तामाङ, मिडिया प्रभारी चन्दन प्रसाद लगायत अन्यहरु उपस्थित रहेका थिए। यस विषयमा खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएपछि बाहिर आएर पत्रकारहरुसित कुराकानी गर्दै भाजपा दार्जीलिङ जिल्ला महासचिव सोनाम लामाले विस्तृत रुपमा जानकारी गराउँदै भाजपा दार्जीलिङ जिल्ला समितिले जनताको अधिकार र समस्याका विषयमा सदैव आवाज उठाइरहने तथा प्रभावित नागरिकहरूलाई न्याय दिलाउन निरन्तर प्रयास गरिरहने बताएका छन्‌‍।

उनले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, एसआईआरलाई लिएर भ्रम फैलाउने काम भइरहेको छ र यस विषयमा वास्तविक कुरा बुझ्न एईआरओसित भेटघाट गर्नलाई आएका थियौँ। यस विषयमा प्राप्त जानकारी अनुसार (अण्डर एडजुडिकेशन) न्यायिक जाँचको प्रक्रियामा रहेको मामिला सबै जर्जको हातमा पुगेको र उहाँहरुले नै निर्णय गर्ने भएका छन्‌‍। महासचिव सोनाम लामाले एसआईआरमा खरसाङ महकुमामा जम्मा 2 लाख 21 हजार 2 सय 35 मा 1 हजार 4 सय 75 डिलिट भएको र 14 हजार 5 सय 34 जनाको अण्डर एडजुडिकेशन तथा न्यायिक जाँचको प्रक्रियामा रहेको जानकारी गराएका छन्‌‍। उनले डिलिट भएकाहरु मध्ये कतिजनाको सुनवाईमा नआएको र डकुमेन्टहरु पनि नआएको जानकारी प्राप्त भएको बताए। यस विषयमा उनले जसकोमा वैध अथवा सठीक कागज पत्रहरु छन्‌‍ उनीहरुलाई हामी सहयोग गर्न तयार छौँ भनी बताएका छन्‌‍। लामाले एसआईआरलाई लिएर भ्रम फैलाउने काम नहोस्‌‍ भन्दै यस विषयमा सबैले आफ्नो कागज पत्रको साथमा आईदिने र आफूहरू सहयोग गर्न तयार रहेको बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ