रेबिज मुक्त पहाड़ अभियान अन्तर्गत खरसाङमा टीकाकरण

Share this news

खरसाङ, (मोहन प्रसाद)ः कालेबुङ क्षेत्रमा रेबिज मुक्त पहाड़ अभियान अन्तर्गत हजारौंँको संख्या कुकुरलाई रेबिजको टीकाकरण कार्य समाप्त गरेपछि दार्जीलिङ गुडविल एनिमल शेल्टरको टीमले अन्य सहयोगीहरूको साथमा बिहीवारदेखि खरसाङ क्षेत्रमा रेबिजको टीकाकरण अभियान शुरू गरेको छ।
खरसाङ्मा यस अभियानलाई लिएर संयुक्त रूपमा जनमनसलाई अवगत गराउने कार्य खरसाङ स्थित 33 ड्रिम्स क्याफेमा सम्पन्न गरियो। जसमा दार्जीलिङ गुडविल एनिमल शेल्टरको टीम सहित शेल्टरकी पशु स्वास्थ्य सेवा प्रभारी डा. शिवानी प्रधान, रेबिज मुक्त पहाड़का प्रोजेक्ट प्रबन्धन अश्विन थापा, खरसाङ क्षेत्रका इन्टीग्रेटेड बाइट केस म्यानेजमेन्ट अधिकारी प्रितेश प्रधान, पशु प्रेमी एवं पशु कल्याणमाथि कार्य गर्ने गैर सरकारी संगठन के – 9 का प्रतिनिधि निशान्त थापा, खरसाङ नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान, युवा कार्यकर्ता एवं पशु प्रेमी छोपेल तेञ्जिङ सहित अन्य विभिन्न सम्बन्धितहरूको उपस्थिति रहेको थियो।

यस अवधि पत्रकारहरूसित बोल्दै पशु चिकित्सक डा. शिवानी प्रधानले साथै अन्यले जनाए अनुसार, मिशन रेबिज एवं रेबिज मुक्त पहाड़ अन्तर्गत विभिन्न सम्बन्धित संगठनहरूको सहयोगमा जीटीए क्षेत्रमा गत दिसम्बर महिनादेखि एउटा वृहत रूपमा कुकुर टीकाकारण एवं रेबिजमाथि सचेतना कार्यक्रम कालेबुङबाट शुरू गरिएको थियो। सोही कार्यक्रम अन्तर्गत 5 मार्चदेखि खरसाङ नगरपालिका क्षेत्र सहित खरसाङ महकुमाको विभिन्न क्षेत्रमा पनि उक्त कार्यक्रमको शुरुवात भएको छ। यसरी नै आगामी समयमा दार्जीलिङ अनि अन्य क्षेत्रमा पनि यस प्रकारको कार्यक्रम विभिन्न स्तरमा सम्पन्न गरिने छ।

डा. शिवानी प्रधानले यो पनि जनाइन् कि रेबिज एउटा सय प्रतिशत घातक रोग रहे पनि सही समयमा टीकाकरण उपचार गरे खण्डमा सय प्रतिशत नै उक्त घातक रोगको रोकथाम गर्न सकिन्छ, जसको वैज्ञानिक प्रमाणित पनि भइसकेको छ। विश्व स्तरमा नै चलिरहेको रेबिज मिशन अन्तर्गत रेबिज मुक्त पहाड़ टीकाकरण अनि रेबिज सचेतना कार्यक्रममा सहयोग अनि सहभागिता जनाई दिने तिनले अपिल गरिन्‌‍। खरसाङ नगरपालिका अध्यक्ष अनि उपाध्यक्षले पनि रेबिज रोगको रोकथाम गर्न अनि यो घातक रोगदेखि आफूलाई सुरक्षित राख्न यस मिशनको टोली घर-दैलोमा आएर कुकुरलाई टीकाकरण गर्दा सबैले आ-आफ्नो पक्षबाट सहयोग गरेर यस अभियानलाई सफल बनाउने अनुरोध गरे।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ